धनुषा, ८ असोज । प्रदेश नम्बर २ मा रहेको तीन उपमहानगरमध्ये २ वटा उपमहानगरको मतगणना सकिएको छ ।
जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार निर्वाचित भएका छन्। राजपाका मेयर पदका उम्मेदवार लालकिशोर शाह १७ हजार ७ सय ८३ मतका साथ विजयी भएका हुन् । शाहले प्रतिद्न्द्वी कांग्रेसका उम्मेदवारलाई ९ हजार ४ सय ९१ मतान्तरले पराजित गरेका हुन् ।
त्यस्तै जीतपुर उपमहानगरमा भने एमाले उम्मेदवार मेयरमा विजयी भएका हुन् ।