कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

काठमाडौं, २८ भदौ । नेपालमा कोरोना भाइरस कोभिड—१९ बाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र ६ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

काठमाडौंमा मात्रै कारोनाबाट २ महिला सहित ६ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । मन्त्रालयका अनुसार ६५-६५ वर्षिया दुई जना महिला तथा ५९, ७०, ६४ र ५९ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

यस्तै मोरङमा ६९ र सिन्धुपाल्चोकमा ५९ वर्षिय पुरुष तथा कास्कीमा ४५ वर्षिया महिलाको कारोनाबाट मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ४५ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);