२४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८१, शुक्रबार

२४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना संक्रमण

corona

काठमाडौं, २८ भदौ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार थप १ हजार ३९ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको हो ।

आइतबार देशभरी सक्रिय संक्रमितको संख्या १५ हजार १ सय १७ रहेको छ । प्रदेश नम्बर १ मा ३ सय १५, प्रदेश नम्बर २ मा ८ सय १२, बागमती प्रदेशमा ४ हजार १३ र गण्डकी प्रदेशमा ७ सय ७७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार १ सय १७, कर्णाली प्रदेशमा २ सय ६६ र सुदूरपश्चिम प्रदेशमा ३ सय ७० गरी देशभरी संस्थागत आइसोलेसनमा ७ हजार ७ सय ३० जना संक्रमित उपचाररत रहेका छन् ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ७६, प्रदेश नम्बर २ मा १ हजार ३ सय ३५, बागमती प्रदेशमा ३ हजार ७ सय ५० र गण्डकी प्रदेशमा १ सय ८२ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ७ सय १३, कर्णाली प्रदेशमा ९४ र सुदूरपश्चिम प्रदेशमा २ सय ३७ जना गरी देशभरी ७ हजार ३ सय ३७ जना रहेका छन । यस्तै आइसियुमा १ सय ६९ र भेन्टिलेटरमा २३ जना संक्रमित उपचाररत रहेका छन् ।

आइतबार १ हजार १ सय ७३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। आजसम्म प्रदेश नम्बर १ मा ३ हजार ४ सय ४१, प्रदेश नम्बर २ मा १० हजार ८ सय ३१, बागमती प्रदेशमा ७ हजार ३ सय ८४ र गण्डकी प्रदेशमा २ हजार २ य १८ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार ४ सय ६६, कर्णाली प्रदेशमा २ हजार ४ सय ८६ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ८ सय ७१ जना गरी देशभरी ३८ हजार ६ सय ९७ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । आज क्वारेन्टीनमा ६ हजार ५ सय ३६ जना छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);