काठमाडौं, २८ भदौ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरी उद्योगी व्यवसायीको समस्या सम्बोधनको लागि सहजीकरण गरिदिन माग राखेका छन् ।
कोरोना भाइरस महामारीले लामो समयदेखि बन्दाबन्दी भएकोले आफुहरु मारमा परेको गुसनासो व्यवसायीले सभापति देउवासँग गरेका छन् । व्यवसायीहरुले निजी क्षेत्रका लागि सरकारले राहतको ठोस योजना नल्याएकोमा दु:ख व्यक्त गर्दै सोको लागि पहल गरिदिन समेत आग्रह गरेका छन् । उनीहरुले देउवा समक्ष ८ बुँदे माग प्रस्तुतु गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
सो अवसरका सभापति देउवाले उद्योगी व्यवसायीको जायज माग सरकारले पूरा गर्ने पर्ने बताउनुभयो । व्यवसायीको मागका सम्बन्धमा उहाँले सरकारसँग पहल गर्ने आश्वासन दिनुभएको छ ।