माउन्टेन टेलिभिजनका बाग्लुङ सम्वाददातालाई फेसबुक मार्फत अपशब्द लेख्ने पौडेल पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ १५ २०८३, मंगलबार

माउन्टेन टेलिभिजनका बाग्लुङ सम्वाददातालाई फेसबुक मार्फत अपशब्द लेख्ने पौडेल पक्राउ

बाग्लुङ, २५ भदौ । सामाजिक संजाल दुरुपयोग गरि मनपरि ढंगले फेसबुकमा स्टाटस लेखेको भन्दै जिल्ला प्रहरी कार्यालयले बाग्लुङ नगरपालिका ४ का चन्द्राकान्त पौडेललाई पक्राउ गरेको छ ।

माउन्टेन टेलिभिजनका बाग्लुङ सम्वाददाता सुवास आचार्य, एभिन्युज खबर बाग्लुङ सम्वाददाता राजेशचन्द्र राजभण्डारी ई.बाग्लुङ अनलाईनका सहायक सम्पादक रामप्रसाद घिमिरे लगायतका ब्यक्तिहरूलाइ सामाजिक संजाल फेसबुक मार्फत अपशव्द लेखेको भन्दै जिल्ला प्रहरी कार्यालय बाग्लुङमा उजुरी दर्ता गरे पछि प्रहरीले पक्राउ गरेको हो ।

सामाजिक सञ्जाल फेसबुकमा प्रचलित कानुन विपरित बिभिन्न व्यक्तिको चरित्र हत्या र मान मर्दन गरेको आरोपमा पौडेललाई निवासबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।

Leave a Reply

ताजा समाचार