काठमाडौं, २३ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ पुरुष र एक महिला गरी ६ जनाको मृत्यु भएको हो ।
काठमाडौं र पर्सामा २—२ जना संक्रमितको मृत्यु भएको हो । काठमाडौंमा ८० वर्षिया महिला र ८५ वर्षिय पुरुष तथा पर्सामा ५४ र ६० वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै कपिलवस्तुमा ६२ र सुनसरीमा ७० वर्षिय पुरुषको मृत्यु भएको छ ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ६ पुगेको छ ।