दाङ, २२ भदाै । दाङको घोराही ४ भकारेमा रहेको कृतिम तालमा आइतबार दिउँसो डुबेर बेपत्ता भएका युवक अझै भेटिएका छैनन् ।
घोराही उपमहानमगरपालकिा ४ गोग्लीका २२ बर्षीय गोपाल सुनार तालमा पौडि खेल्न क्रममा डुबेर बेपत्ता भएका थिए । उनको नेपाल प्रहरीको अघुवाईमा सोमवार विहानदेखी खोजीकार्य भइरहेको र अहिले सम्म नभेटिएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।
आइतबार दिउँसो पौने ३ बजे तिर ४ जना साथीहरुसँग तालमा पौडी खेल्न गएको बेला उनी डुबेर बेपत्ता भएका थिए । केही महिना अघि घोराही १७ मा रहेको कृतिम तालमा पनि एक युवकको डुबेर मृत्यु भएको थियो । घोराही उमपमहानरमा सिंचाईका लागि २ दर्जन कृतिम तालहरु रहेका छन् ।