काेराेना संक्रमितलाई अब 'सिस्टर रोबोट'ले खाना र औषधी पुर्‍याउने | ईमाउण्टेन समाचार

Our Network

मंसिर ६ २०८१, बिहीबार

काेराेना संक्रमितलाई अब ‘सिस्टर रोबोट’ले खाना र औषधी पुर्‍याउने

वीरगञ्ज, १४ भदाै । वीरगञ्जकाे काेभिड असपतालमा अब संक्रमितहरुका लागि सिस्टर रोबोटले काम गर्ने भएकी छन् । सानो पाईला संस्था वीरगञ्जले राष्ट्रिय अनुसन्धान परिषदको समन्वयमा तयार पारेको सिस्टर रोबोटले वीरगञ्जको कोभिड अस्पतालमा भर्ना भई उपचार गराई रहेका संक्रमतिहरुका लागि खाना , औषधी तथा आति आवश्यक सामान पुर्‍याई दिने भएको हो ।

सानो पाईलाले नारायणी अस्पताल विकास समितिका पदाधिकारीको रोहवरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.संजय कुमार ठाकुरलाई एक थान विद्युतीय सिस्टर रोबोट प्रदान गरेको जनाएको छ ।

संस्थाका कार्याकारी निर्देशक कंचन झाका अनुसार संस्थाका कर्मचारी तथा भौत्तिक शास्त्रका वैज्ञानिक विक्रम उपाध्यायले कोरोना महामारीमा अस्पतालमा काम गर्ने धातुबाट बनेको विद्युतीय सिस्टर रोबोट अविस्कार गरेको जनाए । उहाँले संक्रमितहरूलाई खाना , नास्ता , पानी , औषधी लगायत कामको लागि स्वास्थ्यकर्मीहरु अब संक्रमित समिप नगए पनि सिसटर रोबोटकाे सहयाेगले उक्त काम सहजै हुँने बताउनुभयो ।

सिस्टर रोबोटमा सामान राखेर कोभिड अस्पतालकाे कोठामा हरेक वेडसँग पठाउन सकिने सुविधा रहेकाे उहाँले बताउनुभयो ।

सिस्टर रोबोटमा भएको ब्याट्री चार्ज गरे पछि दैनिक रुपमा त्यसले काम गर्छ । सिस्टर रोबोट उपलब्ध गराएकोमा नारायणी अस्पताल वीरगञ्जले सहयोगी संस्थालाई धन्यवाद दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);