पाकिस्तानको कराँचीमा आएको बाढीमा परेर २३ जनाको मृत्यु, दर्जनौं घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

पाकिस्तानको कराँचीमा आएको बाढीमा परेर २३ जनाको मृत्यु, दर्जनौं घाइते

एजेन्सी, १३ भदौ । पाकिस्तानको कराँचीमा आएको बाढीमा परेर कम्तिमा २३ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । लगातारको वर्षासँगै आएको बाढीले मुख्य व्यापारीक केन्द्र रहेको कराँचीमाका सडक जलमग्न हुनुका साथै विद्युत् आपूर्ति बन्द हुँदा जनजीवन थप कष्टकर भएको छ । बाढी र डुवानका कारण दर्जनौ घाइते भएका छन् भने धेरै घरबार बिहीन भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

सडक र कार्यालयहरुमा अलपत्र परेका सर्वसाधारणलाई स्थानीय प्रशासनले उद्धार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गरेको बताइएको छ । यसैबीच सिन्धिया प्रान्तका मुख्यमन्त्री सैयद मुराद अली शाहले आपतकालीन अवस्थाको घोषणा गर्दै पीडितको उद्धार तथा रातहका लागि सुरक्षाकर्मी परिचालन गरेको बताउनुभयो । अत्याधिक वर्षाका कारण शहरका विभिन्न स्थामा ढल निकासी बन्द हुँदा जनजीवन थप प्रभावित भएको समाचारमा जनाइएको छ ।

बाढीले क्षति पु¥याएकाले विद्युत् आपूर्तिसमेत बन्द गराइएको छ । बाढी प्रभावितहरुलाई उद्धार गरेर सरकारी तथा सार्वजनिक भवनहरुमा अस्थायी रुपमा राखिएको छ । पाकिस्तानी सेनाले पनि प्रभावितहरुको उद्धार, राहत तथा पुर्नस्थापनाका लागि विशेष टोली गठन गरेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);