काठमाडौं, ११ भदौ । भक्तपुरमा ट्यांकरको ठक्करबाट मिनिभ्यान चालकको मृत्यु भएको छ भने सहचालकसहित ३ जना घाइते भएका छन् ।
बिहीबार अरनिको राजमार्ग अन्तर्गत बाँसघारीस्थित जगातीबाट साँगातर्फ जाँदै गरेको बा ३ ख ५३२२ नम्बरको तेल बोक्ने ट्याङ्करले विपरीत दिशातर्फबाट आइरहेको बा २१ च ८८०५ नम्बरको मिनिभ्यानलाई ठक्कर दिँदा चालक झापा अर्जुनधारा नगरपालिका–२ का २६ वर्षीय मिलन मगरको मृत्यु भएको हो ।
ठक्करबाट घाइते हुनेमा सहचालक मोरङ अमरदहका १५ वर्षीय विवेक राजवंशी, मिनिभ्यानमा सवार काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–६ साँगाकी २२ वर्षीया सिर्जना तामाङ र उनका १९ महिने छोरा मेडिड छन् ।
घाइतेहरुको डा.इवामुरा अस्पताल सल्लाघारीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।