एजेन्सी, १० भदौ । भारतको महाराष्ट्र राज्य स्थित रायगढ जिल्लाको महाडमा पाँच तले भवन भत्किँदा १३ जनाको मृत्यु भएको छ । दक्षिण मुम्बइबाट १ सय ८० किलोमिटर टाढा रहेको महाड शहरस्थित ४७ वटा छुट्टाछुट्टै फ्ल्याट रहेको भवन भत्कीदा १३ जनाको मृत्यु भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । भवनको भग्नावशेषमा ७६ जनालाई जिउँदै उद्धार गरिएको छ भने अझै पनि करिब १० जना फसिरहेको प्रहरीले बताएको छ ।
सो भवन एक दशक पुरानो रहेको र संरचना नै जीर्ण भएको कारण भत्कीएको प्रहरीको अनुमान छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ज्यान गुमाएकाहरुप्रसित समवेदना प्रकट गर्दै घटनाप्रति दुख व्यक्त गर्नुभएको छ । उहाले घटनाको छानबिन गर्न निर्देशन पनि दिनु भएको छ ।