सर्लाही, ७ असोज । सिरहाको चक्रघट्टा गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ। अध्यक्षमा विक्रम यादव र उपाध्यक्षमा बसोधा देवी विजयी भएका हुन्।
अध्यक्षमा निर्वाचित विक्रमले राजपाका कृष्णकुमार यादवलाई ६८ मत अन्तरले हराए। विक्रमले ३ हजार २१६ मत र कृष्णकुमारले ३ हजार १४८ मत पाएका छन्।
त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकी बसोधा देवीले ३ हजार ३१० मत पाएर विजयी भएका छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी राजपाकी फुलबन्ती साहले ३ हजार ५० मत पाएकी छन्।