राकेश यादव
रौतहट, ४ भदौ । रौतहटमा ३०० सय शैया क्षमता भएको आइसोलेशन सेन्टर निर्माण र सन्चालनको काम अन्तिम चरणमा पुगेको छ । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका वडा नं.९ धरहरी स्थित रहेकोे जय किसान पोलिटेक्निक ईन्स्टिच्युटमा ३०० शय्या छमता भएको आइसोलेशन सेन्टर निर्माण र सञ्चालनको काम अन्तिम चरनमा पुगेको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेलले बताउनु भएको छ ।
निर्माणाधिन उक्त आइसोलेशन सेन्टरको विभिन्न अधिकारिहरुले स्थलगत अनुगमन समेत गरेको छ । देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेल ,प्रमुख जिल्ला अधिकारि ईन्द्रदेव यादव ,प्रहरी उपरीक्षक रबिराज खड्का, अनुसन्धानका प्रमुख अभिनय सिंह , सेनाको प्रमुख, गौर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कृष्णा साह , जय किसान पोलिटेक्निक ईन्स्टिच्युट धरहरीका परीक्षा प्रमुख मुकेश साह लगायतका टोलिले स्थलगत अनुगमन गरेको हो ।
आइसोलेशनको लागि आवस्यक सबै तैयारी अन्तिम चरणमा रहेको र सम्भवत बिहीबार देखि सन्चालनमा आउने नगर प्रमुख पटेलले बताउनु भएको छ । बेड ,शौचालय,धारा,खाने पानी र गुण्स्तरिय खानाको सबै प्रबन्ध भैसकेको वाहाले बताउनु भएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आइसोलेशन निर्माणको काम अन्तिम चरणमा पुगेको पुष्टि गर्नु भएको छ । अब देखि कोरोना पोजेटिव आउने सबै लाई र अहिले पोजेटिव रहेको तर घरमै रहेको हरुले जान चाहेको खन्डमा आइसोलेशन स्थलमा राखिने यादवले बताए ।




