नेपालमा थप ६ सय ८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २८ हजार ९३८ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नेपालमा थप ६ सय ८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २८ हजार ९३८ पुग्यो

काठमाडौं, ३ भदौ । बुधबार ६ सय ८१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २ सय १६ महिला र ४ सय ६५ पुरुष गरी ६ सय ८१ जनामा संक्रमण देखिएको हो ।

काठमाडौंमा आज मात्रै काठमाडौंमा १ सय ३४ जना, ललितपुरमा १७ र भक्तपुरमा ८ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९ सय ३८ जना पुगेका छन । आज पीसीआर विधिबाट ११ हजार ५ सय २२ परीक्षण भएका छन् ।

आइसियुमा १ सय ३१ र भेन्टिेलटरमा ६ जना जना संक्रमित उपचाररत रहेका छन । देशभरीका आइसोलेसनमा ११ हजार १ सय १८ जना रहेका छन् । जसमा प्रदेश नम्बर १ मा १ हजार ६०, प्रदेश नम्बर २ मा २ हजार ३७, बागमती प्रदेशमा २ हजार ६ सय ८९ र गण्डकी प्रदेशमा २ सय ८८ जना संस्थागत आइसोलेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ८ सय ३८, कर्णाली प्रदेशमा २ सय ४५ र सुदूरपश्चिम प्रदेशमा ८ सय ३० गरी संस्थागत आइसोलेसनमा ७ हजार ९ सय ८७ जना रहेका छन् ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा २ सय ५, प्रदेश नम्बर २ मा २ हजार ५ सय ४५, बागमती प्रदेशमा १ सय ११ र गण्डकी प्रदेशमा २७ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा २ सय ४, कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिम प्रदेशमा २८ गरी ३ हजार १ सय ३१ जना होम आइसोलेसनमा रहेका छन्।

बुधबार १ सय २० जना संक्रमित निको भएर घर फर्किएका छन । प्रदेश नम्बर १ मा १ हजार १ सय ४४, प्रदेश नम्बर २ मा ३ हजार ७ सय ९३, बागमती प्रदेशमा ७ सय २४ र गण्डकी प्रदेशमा १ हजार ५ सय ६८ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार २ सय ९०, कर्णाली प्रदेशमा १ हजार ९ सय ६१ र सुदूरपश्चिम प्रदेशमा ४ हजार २ सय २० जना गरी १७ हजार ७ सय जना डिस्चार्ज भएका छन् ।

बुधबार देशभरीका क्वारेन्टीनमा १३ हजार ५ सय ७१ जना रहेका छन् । प्रदेश नम्बर १ मा २ हजार १ सय १६, प्रदेश नम्बर २ मा १ हजार ४ सय ८५, बागमती प्रदेशमा ९ सय ४९ र गण्डकी प्रदेशमा २ हजार ९ सय २ जना क्वारेन्टीनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ९ सय ३१, कर्णाली प्रदेशमा ६ सय २३ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ६५ जना क्वारेन्टीनमा रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);