बुधबार सुनको मूल्य स्थिर | ईमाउण्टेन समाचार

Our Network

साउन ३० २०८३, आइतबार

बुधबार सुनको मूल्य स्थिर

gold and silver

काठमाडौं, ३ भदौ । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा १ लाख ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजावी सुन बुधबार ९९ हजार ९९ रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी मंगलबारको तुलनामा रु ५ घटेर तोलामा १३७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साताको कारोबारको पहिलो दिन आइतबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९८ हजार ४०० रुपैयाँ तेजाबी सुन ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। गत साता लगातार सुनको भाउमा गिरावट आएको थियो। जसका कारण गत साताभरि सुनको भाउ तोलामै ४ हजार ९०० रुपैयाँको गिरावट आएको थियो ।

गत साउन २३ गते नेपाली बजारमा सुनको भाउले हालसम्मकै उच्च दर कायम गरेको थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख ३ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार रुपैयाँ कायम भएको थियो।

Leave a Reply

ताजा समाचार