काठमाडौं, ३१ साउन । भारतको ७४औं स्वतन्त्राता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई शुभकामना दिनुभएको छ । शनिबार बिहान सामाजिक संजाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीले भारत सरकार र भातरका जनतालाई स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिनुभएको हो ।
शुभकामनामा ७४ औं स्वतन्त्रता दिवसको अवसरमा भारतीय सरकार र भारतीय जनताको उत्तरोत्तर प्रगती र समृद्धिको कामना गरिएको छ । सन् १९४७ मा आजकै दिन ब्रिटिस उपनिवेशबाट भारत मुक्त भएको थियो । त्यसयता भारतले यसदिनलाई स्वतन्त्रता दिवसका रुपमा मनाउँदै आएको छ ।