सर्वोच्चद्वारा अनियमितता र भ्रष्टाचार रोकथामको उपाय खोज्न समिति गठन | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सर्वोच्चद्वारा अनियमितता र भ्रष्टाचार रोकथामको उपाय खोज्न समिति गठन

SUPREME_COURT

काठमाडौं, ३० साउन । सर्वाेच्च अदालतले न्यायापालिकामा हुनसक्ने अनियमितता र भ्रष्टाचारको रोकथामका उपाय खोज्नका लागि न्यायाधीशको नेतृत्वमा एक समिति गठन गरेको छ । सर्वाेच्चले शुक्रबार न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा अदालतमा हुने विकृति, विसंगति, अनियमितता, भ्रष्टाचार एवं विचौलियाका क्रियाकलापहरू तथा त्यसको रोकथामका उपायहरू खोज्नका लागि समिति गठन गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले समिति गठन गर्ने निर्णय गर्नुभएको हो । न्यायाधीस कार्की नेतृत्वको समितिलाई प्रतिवेदन पेश गर्न तीन महिनाको समय दिइएको छ ।कार्की संयोजकत्वको समितिमा न्यायपरिषद्, महान्यायाधिवक्ताको कार्यालय, नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसन समेतको प्रतिनिधि रहने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);