काठमाडौं, २९ साउन । बिहीबार नेपालमा ५ सय भन्दा बढी संक्रमित थपिएका छन । बिहीबार ९ हजार ८ सय ५९ भएको पीसीआर परीक्षणमा ५ सय २५ जनामा कोरोना संक्रमण देखिएको हो । उपत्यकामा मात्रै १ सय २७ जनामा संक्रमण देखिएको छ । योसँगै आजसम्म कोरोना भाइरसबाट २४ हजार ९ सय ५७ जना संक्रमित भएका छन् ।
आज प्रदेश नम्बर १ मा ७ सय २५, प्रदेश नम्बर २ मा ३ हजार ५ सय ८९, बागमती प्रदेशमा १ हजार ७ सय ३ र गण्डकी प्रदेशमा २ सय ४२ जना संक्रमित उपचाररत रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ सय ८०, कर्णाली प्रदेशमा २ सय १६ र सुदूरपश्चिम प्रदेशमा ८ सय ७० गरी देशभरी ८ हजार २५ संक्रमित उपचाररत रहेका छन ।
यस्तै होम आइलोसेनमा प्रदेश नम्बर १ मा ७२, प्रदेश नम्बर २ मा ९८ र बागमती प्रदेशमा ३६ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ सय ४५, कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिम प्रदेशमा ७ सय ७ गरी ४ सय ६६ जना होम आइसोलेसनमा रहेका छन ।
बिहीबार १ सय ९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन । प्रदेश नम्बर १ मा १ हजार ४८, प्रदेश नम्बर २ मा ३ हजार ४ सय ४९, बागमती प्रदेशमा ६ सय २७ र गण्डकी प्रदेशमा १ हजार ४ सय ९९ जना संक्रमणमुक्त भएका छन ।
यस्तै प्रदेश नम्बर ५ मा ४ हजार २ सय २४, कर्णाली प्रदेशमा १ हजार ९ सय ७ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ८३ जना गरी आजसम्म १६ हजार ८ सय ३७ जना डिस्चार्ज भएका छन् । देशभरीका क्वारेन्टीनमा १४ हजार ७ सय ५९ जना रहेका छन् ।