काठमाडौं, ६ असोज । पर्साको पर्सागढी नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेसले विजयी हासिल गरेको छ । कांग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार लोकनारायण यादवले ३ हजार ९६५ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्धन्द्वी नेकपा एमालेका गोकर्ण पाठकले ३ हजार ८९५ मत प्राप्त गरी ७० मतले पराजित भए ।
त्यसैगरी उपमेयरमा नेपाली काँग्रेसकी अर्चाना चौधरीले ४ हजार ५५९ मत प्राप्त गरी विजयी भएकी छन । उनकी निकटतम प्रतिद्धन्द्वी एमालेकै कालिका चौधरीले ३ हजार ६५० मत प्राप्त गरी पराजित भएकी छन् ।
यस नगरपालिकाको वडा नं. १, ४, ६ र ८ को वडाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । वडा नं. २, ३ र ९ को वडाध्यक्षमा एमाले विजयी भएको छ भने वडा नं. ५ र ७ मा संघीय समाजवादी फोरम नेपालले जित हात पारेको छ ।