डोटीको बाँझककनीमा घर भत्कियोः चार जनाको मृत्यु, चार घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

डोटीको बाँझककनीमा घर भत्कियोः चार जनाको मृत्यु, चार घाइते

दिपायल, २७ साउन । डोटीको बाँझककनीमा घर भत्किँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् ।

सोमबार राति जिल्लाको आदर्श गाउँपालिका–१ बाँझककनीका लोगे लुहारको ढुंगा माटोले बनेको तीन तले घर भत्किँदा चारजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नुगेकी ३५ वर्षीय विष्णा लुहार, उनका ११ वर्षीय छोरा पारस लुहार तथा छोरीहरु ७ वर्षीय निरु लुहार र ४ वर्षीय जेनिसा लुहार रहेका छन् ।

त्यस्तै घरमुली लोगे लुहारसँगै उहाँकी आमा ५२ वर्षीय पाना लुहार, आदर्श गाउँपालिका–४ घर भई पाहुनाको रुपमा आएकी झाङरी बिक र १३ वर्षका उनका इन्द्र बिक रहेको गाउँपालिका प्रमुख टेकबहादुर रोकायले माउण्टेन टेलिभिजनसँगको कुराकानीमा जानकारी दिनुभयो ।

घाइतेमध्ये इन्द्र बिकको अवस्था सामान्य रहेको र अन्य ३ जनालाई दिपायलस्थित शैलेश्वरी अस्पताल पुर्याइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);