प्रधान न्यायाधीश समक्ष १७ बुँदे माग | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८०, आइतबार

प्रधान न्यायाधीश समक्ष १७ बुँदे माग

काठमाडाैं,२६ साउन । नेपाल बार एशोसिएशनले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवराको भूमिकाको कारण न्याय सम्पादन सन्तोषजनक हुन नसकेको बताएको छ । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्याय सम्पादनमा प्रधान न्यायाधीश राणाले व्यवहारिक भूमिका निर्वाह गर्न नसकेको बताउनुभएको हो ।

अध्यक्ष श्रेष्ठले नेपाल बार एशोसिएशनको तर्फबाट न्याय सम्पादनमा भएका विकृती विसंगति हटाउनुपर्ने भन्दै प्रधान न्यायाधीश समक्ष विभिन्न १७ बुँदे माग सहितको पत्र बुझाइसकेको जानकारी दिनुभयो ।

यसैगरी बारले न्याय क्षेत्र भित्रका विसंगती, विकृती, बिचौलिया र भ्रष्ट्राचार नियन्त्रण गर्न बारको प्रतिनिधि सम्मिलित विशेष संयन्त्र गठन गर्न पनि माग गरेको छ । बारले वरिष्ठ अधिवक्ताको उपाधी आफुखुशि वितरण नगर्न समेत माग गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);