प्रेस र अभिव्यक्ति स्वतन्त्रताको हकलाई दुरुपयोग नगर्न राष्ट्रपतिको आग्रह | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

काठमाडौँ, ६ असोज । राष्टपति विद्यादेवी भण्डारीले प्रेस र अभिव्यक्ति स्वतन्त्रताको हकलाई दुरुपयोग नगर्न आग्रह गरेकी छिन् ।

प्रेस काउन्सिल नेपालको ४८ औ वार्षिकोत्सवको शुक्रबार राष्टपति भवनमा आयोजीत कार्यक्रममा राष्टपति भण्डारीले छिटो समाचार दिने होडमा संचार माध्यमहरुले आफ्नै विश्वसनियता गुमाएको बताएका छन् । उनले संचार माध्यमले सत्य तथ्यलाई तोडमोड नगरेर समाचार संप्रेशन गर्न जरुरी रहेको औल्याएका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आर्चायले प्रेस काउन्सिलले संचार माध्यमहरुको अनुुगम गर्नुपर्ने बताउदै आचार संहिता पालना गराउन समय समयमा जागरणको कार्यक्रम राख्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा प्रेश काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले संचार माध्यमको गुणस्तरियतामा ह्रास आएको बताएका छन् । उनले संचार माध्यमको संविधानमा लेख्ने र बोल्न अधिकार निश्चित गराएको बताउँदै त्यसको दुरुपयो गरेको आरोप लगाएका छन् । कार्यत्रममा बार्षिक प्रतिबेदन सार्वजनिक तथा विद्या र क्षेत्रका योगदान दिएका ३९ जान पत्रकारलाइ सम्मान गरिएको थियो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);