लोकतान्त्रिक सरकार भएर पनि प्रेस स्वतन्त्रताको प्रत्याभूति हुन सकेन : गोविन्द आचार्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

लोकतान्त्रिक सरकार भएर पनि प्रेस स्वतन्त्रताको प्रत्याभूति हुन सकेन : गोविन्द आचार्य

काठमाडौं, १८ फागुन । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले लोकतान्त्रिक सरकार भएपनि प्रेस स्वतन्त्रताको प्रत्याभूति भने हुुन नसकेको बताउनुभएको छ ।

नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल इञ्जाको स्थापना दिवसको अवसरमा काठमाडौमा आईतबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले व्यवस्था परिर्वतन भएपनि प्रेस स्वतन्त्रताको अवस्था भने संकुचित हुँदै गएको बताउनुभएको हो ।

लोकतान्त्रिक सरकार भएपनि लेख्ने स्वतन्त्रताका लागि संचारकर्मी सडकमा आउनुपर्ने अवस्था श्रृजना हुनु दुखद भएको बताउनुभयो । लोकतन्त्रको मुख्य आधार प्रेस स्वतन्त्रता भएपनि सरकारले सरोकारवाला पक्षसंग एक पटक पनि छलफल नै नगरि मिडिया काउन्सिल, सूचना प्रविधि विधेयक ल्याएको गुनासो उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो “आज देशमा लोकतन्त्र स्थापना भयो । लोकतान्त्रिक सरकार चयन भयो । तर अहिले पनि हामी लडिरहनुपरेको छ । अहिले पनि लेख्ने स्वतन्त्रताको लागि सडकमा आउनुपर्ने अवस्था छ । ऐन कानुनहरु संसदमा जाँदाखेरी संविधानभन्दा विपरितका छन् । तर कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको निरन्तर खबरदारी गर्ने दायित्वबाट हामी विचल्लित हुँदैनौ । प्रेस स्वतन्त्रताको पक्षमा सधै लडिरहनेछौ ।”

उहाँले समग्र संचार क्षेत्रलाई मुलुकको शासन प्रणाली र अवस्थालाई बुझेर जनउत्तरदायी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);