रामेछाप, ६ असोज । रामेछापको रामेछाप नगरपालिका–८ बाबियाखर्कको बितिटारमा शुक्रबार बिहान बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी २० भन्दा बढी घाइते भएका छन्।
रामेछाप नगरपालिकाको रामेछापबाट मन्थली हुँदै काठमाडौँका लागि छुटेको बा २ ख ६३७२ नं. को यात्रुवाहक बस बिहान ९ः३० बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्याल रामेछापले जनाएको छ।
मृतकमध्ये रामेछाप नपा ८ भंगेरीका दीपक श्रेष्ठ र लिखु गाउँपालिका ७ तिल्पुङकी २५ वर्षीया उमा खड्काको मात्रै पहिचान खुलेको छ। घाइतेलाई दुर्घटनास्थलबाट निकालेर मन्थलीस्थित तामाकोसी सहकारी अस्पतालमा उपचार भइरहको अस्पतालमा पुर्याइएका २० जना बिरामीमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।