पर्सामा बढ्दो कोरोना संक्रमणले भयवह स्थिति बन्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

पर्सामा बढ्दो कोरोना संक्रमणले भयवह स्थिति बन्दै

corona virous

वीरगन्ज, २० साउन । पर्सा जिल्लामा बढ्दो कोरोना संक्रमणले स्थीति भयवह बन्दै गैरहेको छ । पर्सा जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ सय ७ पगुेको छ । यस मध्य २ सय ३ जनाले कोरोनालाई परास्त गरेर घर फर्केका छन ।

पर्सामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १४ जनाको ज्यान गएको छ । नारायाणी अस्पतालमा रहेको प्रयोगशालाका अनुसार पर्सामा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३४ जनामा पत्रकार, नेपाली सेना, ब्यापारी र थुनुवा समेत रहेका छन् ।

संक्रमित हुनेहरुमा २८ जना पुरूष र ६ जना महिला रहेको नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा.मदन उपाध्यायले जानकारी दिनु भयो ।  मंगलबार संक्रमण पुष्टि भएका ३४ जनामा वीरगन्ज ब्यारेकका ३ जना नेपाली सेना, १ जना पत्रकार, वडा प्रहरी कार्यालय बिर्ताको थुनुवा १ जना, वयोधा अस्पताल र नेशनल मेडिकल कलेजका एकरएक जना डाक्टर रहेका छन् ।

पाँचजना पेड पिसीआर परिक्षण गराउनेहरुमा संक्रमण देखिएको छ । वीरगन्जका विभिन्न वडाका ३६ देखी ४९ वर्ष सम्मका १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै पोखरिया नगरपालिका २ पुरुष र १ महिलामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै जिराभवानी गाउँपालिका सेढवाका २२ बर्षका १ जना युवामा पनि संक्रमण देखिएको छ ।

त्यसैगरी बारा जिल्ला कलैयाका २९ बर्षका १ जना पुरुष र बारा जिल्ला फेटा गाउँपालिका वडा नम्बर ४ का २८ बर्षका १ जना पुरुष र सर्लाही जिल्ला मलगंवा वडा नम्बर ८ का ४८ बर्षका १ जना पुरुष रहेका छन् ।