आज गाईजात्रा पर्व, दिवंगत आफन्तको सम्झना स्वरुप मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८२, शुक्रबार

आज गाईजात्रा पर्व, दिवंगत आफन्तको सम्झना स्वरुप मनाइँदै

काठमाडौं, २० साउन । आज गाईजात्रा पर्व, काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा मनाइँदैछ ।

हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि आठ दिनसम्म यो पर्वमा आजको दिन एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिंगारेर आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।

पछिल्लो समयमा मुलुकको राजनीति तथा सामाजिक विसंगतिप्रति व्यंग्य गरेर पनि पर्व मनाउन थालिएको छ ।

काठमाडौ उपत्यकामा तत्कालीन राजा प्रताप मल्लकी रानी आफ्नो छोरा चक्रप्रतेन्द्र मल्लको मृत्यु शोकमा डुबेपछि रानीलाई सान्त्वना दिन प्रताप मल्लले शहरमा वर्षभरी कति जनाले आफन्त गुमाए, कतिजनालाई यस्तै शोक पर्यो  भनेर देखाउन यो जात्रा निकाल्न थालेको विश्वास छ ।

कोरोनाको संक्रमण वढ्दै गएपछि यसपटकको गाईजात्रा भने विगतका वर्षहरुमा जस्तो तामझाम भने नहुने भएको छ । सरकारले बालबालिका र जेष्ठ नागरिकलाई भिडभाडमा नल्याउन भनेपछि यसपटको गाईजात्रा विगतमा जस्तो नहुने भएको हो ।