भौतिक दूरी कायम गर्न विश्व स्वास्थ्य संगठनकाे आग्रह | ईमाउण्टेन समाचार

Our Network

पुष २ २०८१, मंगलबार

भौतिक दूरी कायम गर्न विश्व स्वास्थ्य संगठनकाे आग्रह

coronavirus test

काठमाडौं, १९ साउन । विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोरोना संक्रमणको जोखिम कम गर्न एक अर्काबिच भौतिक दूरी कायम गर्न आग्रह गर्नुभएको छ । लकडाउन हटेपछि भिडभाड बढ्न थालको भन्दै भ्याण्डेलरले भौतिकदुरी कायम गर्न आग्रह गर्नुभएको हो ।

खोक्दा अथवा छुँदा एकबाट अर्को व्यक्तिमा संक्रमण फैलिन सक्ने भएकोले भौतिकदुरी आवश्यक रहेको भ्यालेन्डरको भनाइ छ । अहिले एक अर्काबिच दूरी कायम गर्नु नै सबैभन्दा सुरक्षित उपाय भएकाले सावधानी अपनाउन भ्याण्डेलरले आग्रह गर्नुभएको हो । उहाँले कम्तिमा १ मिटरको दूरी कायम हुनुपर्ने बताउनु भयो ।

त्यस्तै मास्कको प्रयोग र हात धुने बानीले संक्रमणको सम्भावना कमहुने भएकाले सबैलाई सजगताका अपनाउन भ्यालेन्डरको सुझाव छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);