कोरोना भाइरसः ट्रम्पद्वारा उपचारमा अप्रमाणित औषधिको पुनः बचाउ | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

कोरोना भाइरसः ट्रम्पद्वारा उपचारमा अप्रमाणित औषधिको पुनः बचाउ

trump

एजेन्सी, १४ साउन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको उपचारमा हाइड्रोक्सीक्लोरोक्वाईनको प्रयोगको फेरि बचाउ गरेका छन् । कोभिड १९ विरुद्धको उपचारमा औलो विरुद्धको यो औषधिको प्रयोग अस्वीकार गर्नुको एउटै कारण त्यो आफूले सुझाउनु रहेको ट्रम्पको दाबी छ ।

गत महिनामात्रै अमेरिकी खाद्य तथा औषधिसम्बन्धी निकाय एफडीएले कोरोनाभाइरसको उपचारमा हाइड्रोक्सीक्लोरोक्वाईनको प्रयोगबारे सचेत गराएको थियो । उक्त औषधिले मुटुको ढुकढुकीमा गम्भीर समस्या निम्त्याएको र अरू स्वास्थ्य समस्या पनि देखिएको भन्दै रिपोर्ट आएपछि त्यसको प्रयोगबारे सचेत गराएको एफडीएले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले पनि हाइड्रोक्सीक्लोरोक्वाईन कोरोनाभाइरसको उपचारमा प्रभावकारी हुने वा त्यसबाट बचाउने भन्ने कुराको हालसम्म कुनै प्रमाण नरहेको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);