जाजरकोट,१० साउन । गएको असार २५ र २६ मा परेको अविरल वर्षाले बारेकोट गाउँपालिकामा ठूलो धनजनको क्षति पुगेकाे छ । बाढी र पहिरोले पुगेकाेको क्षतिको स्थलगत अध्ययन गर्न सांसदहरु गाउँ पनि पुगेका छन् । बाढी पहिरोबाट १४ जनाको मृत्यु भएको छ ।बारेकोट जाजरकोटको दुर्गम गाउँ हाे।
बाढीपहिरोबाट बिस्थापित हुनेको संख्या ६ हजार ५ सय ७ पुगेकोछ । ५४ घर भत्केका छन् । ४सय ७७ घर उच्च जोखिममा छन् । १ हजार २सय २ घर जोखिम छन् । बाढीपहिरोबाट ३८ करोड भन्दा बढीको क्षति भएको छ ।बारेकोट गाउँपालिकाका प्राय सवै वडाका मानिसहरु पहिरोका कारण गाउँ सुरक्षित नभएपछि गाउँदेखि टाढा टाढाका विद्यालय र जंगल चौरमा पाल हालेर बस्न बाध्य छन् ।
४ हजार घर धुरी रहेको बारेकोट ४सय १७ किलो मेघावाट नलगाड जलविधुत आयोजनाको मुहान स्थल पनि हो ।२ सय१७ मिटर उचाइमा बाँधिने जलासाय युक्त ड्याम पनि बारेकोटमै छ । पहिरोको जोखिममा यो जलाशय आयोजना पनि छ ।बस्ती तथा आयोजनाहरु उच्च जोखिममा रहेका छन् । बाढी पहिरोले दुर्गम बारेकोट क्षतविच्छेद् भएको छ ।
वर्षातकाे क्षतिको अध्ययन गर्न सांसदहरु पनि पुगेका छन् । स्थलगत अध्ययनमा पुगेका सांसदहले बारेकोटको समस्या हल गर्न संघीय सरकारर्ला दबाब दिने आश्वासन दिएका छन् ।
बाढीपहिरो क्षति ग्रस्तक्षेत्र बारेकोटमा खाद्यन्न औषधि लगातयका अत्यावश्यक सेवा पुराउन सरकारले विशेष पहल गर्न आवश्यक छ । वर्षातले गाउँ जोखिममा परेको छ । मानवीय समस्याहरु पनि उत्तिकै भएकोले सडकलाई नियमित गर्न स्थानीय प्रशासनदेखि अन्य जिम्मेवारहरु जुट्नुको विकल्प छैन ।