पर्सा, १० साउन । ठोरी गाउँपालिका-५ बाघमोर्चामा अन्दाजी ७५ बर्षका एक वृद्ध पुरुषको शव फेला परेको छ । बाघमोर्चा मन्दिरको नजिकै फेला परेको शव केही बर्ष अघि देखि सोही स्थानमा गाउँघरमा मागेर जीविकोपार्जन गर्दै आएका एक वृद्धको रहेको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक साहले बताउनु भयो ।
स्थानीयको भनाई अनुसार उनी बाघमोर्चा मन्दिरमा सरसफाई गर्दै मन्दिर सहयोगीको रुपमा मन्दिरमै बस्दै आएका थिए ।
शव देखिएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेको र शवको थप अनुसन्धानका लागि वीरगञ्ज पठाइएको पनि साहले बताउनु भयो ।
प्रहरीले स्थलगत निरीक्षण गरिसकेको र बिरगंज पुर्याएपछी थप जानकारी प्राप्त हुने साहको भनाई छ ।