करोडौं ठगेर 'अपहरण'को नाटक गर्दै युवक युवतीसँग होटलमा ! | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

करोडौं ठगेर ‘अपहरण’को नाटक गर्दै युवक युवतीसँग होटलमा !

काठमाडौं, ७ साउन । घटना असार २४ गते बिहान ६ बजेको हो। काठमाडौंको चुनदेवी बस्ने शक्तिराज रेग्मी घरबाट निस्किए। अनि, सम्पर्कविहीन भए। उमेरले उनी ३० वर्ष पुगेका छन्।

तर, उनले आफू अपहरणमा परेको खबर परिवारलाई दिए। त्यसपछि परिवारले प्रहरीलाई खबर गर्याे। दशकको सेरोफेरोमा अधिक मात्रामा हुने अपहरणको खबर प्रहरीमा पुगेपछि प्रहरी पनि झस्कियो।

महानगरस्थित प्रहरीका सबै निकायहरू रेग्मीको खोजीमा परिचालित भए।  अन्ततः उनी १४ दिनपछि फेला परे। त्यो पनि राजधानीको नयाँ बसपार्कस्थित सुगन्ध होटलमा। घटनाको अनुसन्धानमा संलग्न महानगरीय अपराध महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक ईश्वर कार्कीले अपहरणमा परेका भनिएका रेग्मी केटीसँग फेला परेको इमाउन्टेन टिभी डटकमलाई बताउनुभयो।

उनले थुप्रै मानिसहरूसँग जग्गा व्यवसाय गर्छु भन्दै करोडौं रूपैयाँ लिएपछि तिर्नु नपरोस् भनि अपहरणको नाटक गरेको अनुसन्धानको क्रममा खुलेको प्रवक्ता कार्कीको भनाई छ।

पक्राउ परेका रेग्मी अपहरणमा नपरेको तथा प्रहरीलाई अनावश्यक हैरानी दिई राज्यको स्रोत साधनहरूको समेत दुरूपयोग भएकोले आवश्यक कारवाहीको लागि महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको जनाएको छ।