लमजुङको पल्लोटारीमा भीषण पहिरो, १८ घर पुरियो, चार जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८३, आइतबार

लमजुङको पल्लोटारीमा भीषण पहिरो, १८ घर पुरियो, चार जना घाइते

pahiro

काठमाडौं, ७ साउन । लमजुङको मर्स्याङ्दी गाउँपालिकाको वडा नम्बर–३ को पल्लोटारीमा पहिरोले १८ घर पुरिएको छ। चार जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार १८ वर्षीय सुजन अछामी, २५ वर्षीया सिर्जना गोतामे, ७० वर्षीय देवबहादुर सार्की र २८ वर्षीया सरिता बस्याल घाइते हुनु भएको हाे।

घाइतेमध्ये सुजन र सिर्जनाको सामुदायिक अस्पताल बेंशीशहरमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले इमाउन्टेन टिभी डटकमलाई जानकारी दिनुभयो।

पहिरो जान लागेपछि मानिसहरू भागेपछि कम क्षति हुन पुगेको डिएसपी थापाले बताउनुभयो। घाइते भएकाहरू पनि भाग्दाभाग्दै पहिरोमा परेका हुन्। उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ। (फाइल तस्बिर)

ताजा समाचार