ललितपुर, ५ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सव–इन्जिनियर किशोर मोक्तानलाई घुससहित पक्राउ गरेको छ ।
विकास निर्माणको काम सम्पन्नको भुक्तानी गरिदिए वापत सेवाग्राहीसँग एक लाख ५० हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरू सोमबार पक्राउ परेका हुन्।
अख्तियारको टोलीले दबै जनालाई नियन्त्रणमा लिएको बताइएको छ । नगरपालिकाको कार्यालय परिसरबाटै घुस लिइसकेको अवस्थामा पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।