नेकपा विवादकाे गाँठाे स्थायी कमिटीबाटै फुकाउने तयारी | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

नेकपा विवादकाे गाँठाे स्थायी कमिटीबाटै फुकाउने तयारी

oli prachanda

काठमाडौं, ४ साउन । सत्तारुढ नेकपाभित्र देखिएको विवाद समाधानको गाँठो सचिवालय बैठकमा फुक्न नसकेपछि स्थायी कमिटीबाटै निकास निकाल्ने पक्षमा नेताहरू देखिएका छन् ।

सहमतिका लागि भन्दै शनिबार सचिवालय बैठक बोलाइएपनि निष्कर्ष ननिस्केपछि फेरि स्थायी कमिटीमै विवाद समाधानको प्रयास गरिने भएको हो ।

विवाद समाधानका लागि भन्दै पटक–पटक स्थायी कमिटी बैठक स्थगित हुँदै आएपनि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच कुरा मिल्न सकेको छैन ।

शनिबार सचिवालय बैठकमा छलफल भएपनि कुनै निर्णय हुन नसकेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

पार्टीभित्र देखिएको आन्तरिक संकट टार्न सचिवालय बैठक डाकिएपनि बैठकले कुनै निष्कर्ष निकाल्न नसकेको हो ।

आन्तरिक संकटलाई सहमतिको आधारमा कसरी सम्बोधन र समाधान गर्ने भन्ने बारेमा अध्यक्षद्धयबीच गृहकार्य भइरहेको उल्लेख गर्दै प्रवक्ता श्रेष्ठले विवाद समाधान गरी पार्टी एकता सुदृढ बनाउँदै लैजाने विषयमा सचिवालयमा छलफल भएको बताउनुभयो ।

दाहाल लगायत स्थायी कमिटीका बहुमत सदस्यले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिन दबाब दिइरहहेका छन्।

शीर्ष तहमा सहमति जुटाउने भन्दै पटक–पटक स्थायी कमिटि बैठक स्थगित हुँदै आएको छ । असार १० गतेदेखि जारी बैठक नेताहरूबीच सहमति हुन नसक्दा असार १८ गते यता बारम्बार स्थगित हुँदै आएको छ । स्थायी कमिटी बैठक आइतबार बस्दैछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);