बाग्लुङ, ३ साउन । बाग्लुङ नगरपालिकाको लेखा समितिले जनप्रतिनिधि आएपछि नगरपालिकामा बेरुजु बढिरहेको निष्कर्ष निकालेको छ । लेखा समितिले आर्थिक वर्ष २०७६÷०७७ को अन्त्यसम्ममा करिब २५ करोड बेरुजु देखाएको हो ।
स्थानीय सरकार सञ्चालन ऐनले बेरुजु घटाउने अधिकार दिएको प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिको लापरबाहिले बेरुजु बढेको भन्दै तत्काल चासो दिन समितिले सुझाव दिइएको छ ।
हरेक ठेक्कामा एउटै कर्मचारीले लागत स्टिमेट गर्ने, उसैले मूल्यांकन र अनुगमन गर्दा बेरुजु र भ्रष्टाचार बढेको समितिको निष्कर्ष छ । खर्च प्रक्रियामा त्रुटि र व्यक्तिगत स्वार्थका आधारमा खर्च हँुदा बेरुजु बढेको अधिकारकर्मी राम शर्मा बताउनु हुन्छ । ।
हाल सम्म २४ करोड १९ लाख ७३ हाजार ९ सय ९ रुपैया बेरुजु रहेको मध्ये असुल उपर गर्नुपर्ने भएकोले केही रकम घट्ने बाग्लुङ नगरपालिकाले जनाएको छ ।
स्थानीय तहको गठन, स्थानीय तह निर्वाचन तथा जनप्रतिनिधिको बहाली पश्चात जनताले सबै क्षेत्रमा सुशासनको अपेक्षा राखे पनी जथाभाबी खरिद बिक्री र मनपरी ढंगले खर्च गर्ने प्रवृति बढ्दै गएको छ ।