पाल्पा, ३ साउन । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्ड पहिरोले अवरुद्ध भएको छ । शुक्रबार राति तानसेन नगरपािलका–८ डुम्रे नजिकै खसेको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।
पहिरोले लु १ क ११७५ नम्बरको ट्रक सडकमा फसेकै अवस्थामा शुक्रबार राति पुनः पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पहिरोले सडकमा रोकिएको ट्रक पूरै पुरेको र मानवीय क्षति भए–नभएको यकिन नभएको बताइएको छ ।
दुई सय मिटर माथिदेखि ढुंगा, गिट्टीसहितको पहिरो खसेको छ । पहिरो पन्छाउन अहिले तयारी भइरहेको र सडक खुलाउन दिनभर लाग्नसक्ने जनाइएको छ ।