सप्तरी, ५ असोज । सप्तरीको बेल्ही चपेना गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा कांग्रेसका परमानन्द यादव ३,५४५ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्दी एमालेका ओमप्रकाश मण्डलले ३४२४ मत पाए । उनी १२१ मतले पराजित भएका हुन् ।
उपाध्यक्षमा भने कांग्रेसले शानदार जित हासिल गर्यो। पुष्पादेवी मण्डल ३४५५ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्दी एमालेकी चन्द्रिका देवीले २१४७ मतमात्र पाएकी हुन्।