विप्लव समूहको नामबाट चन्दा माग्ने २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

मंसिर २४ २०८१, सोमबार

विप्लव समूहको नामबाट चन्दा माग्ने २ जना पक्राउ

pakrau

दाङ, ३१ असार । दाङमा विप्लव समूहको नामबाट व्यापारीसंग ८ लाख बढी रकम चन्दा माग्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बबई गाउँपालिका-५ हापुरे निबासी गौतम टेडर्सका संचालक निमकान्त गौतमसंग ८ लाख ६५ हजार रकम चन्दा मागेको आरोपमा सोही ठाउँ निबासी २९ बर्षका भास्कर वली र केवल भन्ने कृष्ण वलीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

असार २४ गते घरको मुल ढोकामा विप्लव पार्टीको नामबाट ८ लाख ६५ हजार ३ दिन भित्र बुझाउने पर्ने भन्दै पत्र छोडेका आरोपीले असार २६ गते राती तोकेको रकम नदिए सन्तान नै सखाप पारिदिने चेतावनी दिएको प्रहरीले बताएको छ । प्रहरीले केबललाई सोमबार र भास्करलाई मंगलबार बिहान पक्राउ गरेको थियो ।

पक्राउ परेका दुबै जनालाई अपराधिक लाभ अन्र्तगत मुद्धा दर्ता गरेर अनुसन्धान अघि बढाएको ईप्रका तुलसीपुरका प्रवक्ता एवं प्रहरी निरीक्षक चक्र डमरपालले जानकारी दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);