राष्ट्रपति भण्डारीद्वारा विश्व शान्ति र समृद्ध नेपालको सङ्कल्पसहित घटस्थापना | ईमाउण्टेन समाचार

Our Network

भदौ ११ २०८३, शुक्रबार

काठमाडौं, ५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको पहिलो दिन वैदिक विधिपूर्वक विश्व शान्ति र नेपाली जनताको समृद्धिको सङ्कल्पसहित शीतलनिवासमा घटस्थापना गरेकी छन्।

राष्ट्रकल्याण र सम्पूर्ण नेपाली जनताको उन्नति र सुखी जीवनका लागि पूजासहित जमरा राखिएको राष्ट्रपति कार्यालयले जनाएको छ। बिहान ९ बजेर ४१ को शुभ साइतमा नवदुर्गाको प्रतीकका रुपमा कलश स्थापना गरी दियो र गणेशको पूजा गरेर राष्ट्रपति भण्डारीले जौ (यव) छरेको उनका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिए।

आज छरिएको जमरा विजयादशीका दिन देवी विसर्जन गरेपछि दुर्गा भवानीको प्रसादका रुपमा मान्यजनको हातबाट ग्रहण गरिने परम्परा रहिआएको छ।