बडा दशैँ लागेसँगै पोखरामा नवदुर्गा महोत्सव शुभारम्भ | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

पोखरा, ५ असोज । विजयादशमीका अवसरमा पोखराको बिन्ध्यवासिनी मन्दिरमा आजदेखि नवदुर्गा महोत्सव शुभारम्भ शुरु भएको छ। कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले महोत्सवको शुभारम्भ गरेका हुन्।

बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा शुरु भएको सो महोत्सव असोज १३ गते महानवमीका दिनसम्म सञ्चालन हुनेछ । महोत्सवको शुभारम्भपछि बिन्ध्यवासिनी मन्दिरबाट नवदुर्गाका नौ रुपको झाँकी, १०८ कलश सहितको नवदुर्गा शोभायात्रा निकालिएको थियो।

शोभायात्रा मोहरिया टोल, नालामुख, चिप्लेढुंगा, महेन्द्रपुल, पालिखेचोक हुँदै बिन्ध्यवासिनी मन्दिरमा पुगेर सम्पन्न भएको थियो । शोभायात्रामा विभिन्न भजन समूह, जातीय वेशभूषा, सांस्कृतिक झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, आमा समूह तथा विभिन्न धार्मिक, सामाजिक र शैक्षिक सङ्घसंस्थाको सहभागिता रहेको थियो।