एजेन्सी,२६ असार । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले एस्टन भिल्लालाई हराएको छ । प्रिमियर लिगको शीर्ष चार स्थानमा रहने प्रयासमा रहेको म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई ३–० गोल अन्तरले हराएको हो ।
शुक्रबार बिहान एस्टन भिल्लाको मैदानमा म्यान्चेरुटर युनाइटेडका लागि ब्रुनो फर्नान्डेज, म्यासन ग्रिनउड र पल पोग्बाले १–१ गोल गरे । जितसंगै म्यान्चेस्टर युनाइटेडे ५८ अंक जोडेर लिग तालिकाको पाँचौं स्थानमा रहेको छ ।
तेस्रो स्थानको चेल्सीको ६० र चौंथो स्थानको लेष्टरको ५९ अंक रहेको छ । प्रिमियर लिग अन्तर्गत टोटनह्याम र बर्नमाउथ तथा एभर्टन र साउथह्याम्पटनबीचका खेल बराबरीमा रहेका छन् ।




