लकडाउनका कारण दाङका ५ हजार भन्दाबढी यातायात मजदुरका परिवारको बिचल्ली | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

लकडाउनका कारण दाङका ५ हजार भन्दाबढी यातायात मजदुरका परिवारको बिचल्ली

विकास डाँगी
दाङ, २४ असार । दाङका यातायात व्यावसायीहरु लामो समयदेखिको लकडाउनका कारण अब जीवन धान्न नसकिने अवस्था आएको भनेर चिन्तामा छन् । गत असार १ गतेदेखि लकडाउन केहि खुकुलो भएपनि सार्वजनिक यातायातका साधन चलाउन भने सरकारले अझै अनुमति दिएको छैन ।

दाङका यातायात व्यवसायीहरुले सार्वजनिक यातायात चलाउन नपाउँदा जिवन धान्न गाह्रो भएको गुनासो गरेका छन् । दाङका यातायात व्यावसायीहरु लामो समयदेखिको लकडाउनका कारण अब जीवन धान्न नसकिने चिन्तामा छन् ।

गत चैत ११ गतेदेखि लागू भएको लकडाउनका कारण साबर्जनिक सवारीसाधन पार्किङ गरिएको ठाउँमै खिया लागेको बताएका छन् । ३ महिना भन्दा बढी नचलाएका सवारीसाधनको ईन्जिन त खिया लागेर बर्बाद भए ५ हजार भन्दाबढी मजदुरका परिवारको बिचल्ली हुने उनीहरुको भनाई छ ।

असार १ गतेदेखि लकडाउन खुकुलो भएर बजार लगाएत सरकारी कार्यालयहरु खुलेपनि सार्वजनिक यातायातका सञ्चालनका लागि अझै अनुमति दिइएको छैन । दाङका ७ सय बढी साबर्जनिक सवारी साधन थन्किदाँ अब मर्मत नगरी चलाउन नसक्ने व्यवसायीको भनाइ छ ।

राज्यले यातायात ब्यवसायीहरुको समस्या प्रति चासो नलिएको यातायात व्यवसायीहरुको गुनासो छ । थन्किएका गाडीहरु चलाउन करिब २ लाख सम्म खर्च गर्नु पर्ने तुलसीपुरका यातायात व्यवसायी युवराज शर्मा बताउनु हुन्छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तुलसीपुरका अध्यक्ष केशब बहादुर भण्डारीले आफुहरुलाई राज्यले नहेरेको गुनासो गर्नु भयो । यातायात सञ्चालनमा नआउँदा सोसँग आवद्ध मजदुरहरुको दयनीय भएको उहाँको भनाई छ ।

यातायात पेसामा लाग्ने अधिकाँस ब्यक्तिहरु निम्न बर्गका भएको र उनीहरुको समस्याप्रति राज्य गम्भिर हुनु पर्ने त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमालले बताउनुभयो ।

लकडाउनका कारण गाडीहरु थन्क्याएर बसिरहेको अवस्थामा अहिले बैंकहरुले गाडीको किस्ता तिर्न ताकेता गरिरहँदा यातायात व्यवसायी झन् मारमा परेका छन् । सरकारले यातायात व्यवसायीको हितमा ठोस योजना ल्याउनु पर्ने यातायात व्यवसायीहरुको माग छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);