नेकपाभित्र देखिएको विवाद समाधान गर्न केपी ओली र पुष्पकमल दाहाल छलफलमा | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

नेकपाभित्र देखिएको विवाद समाधान गर्न केपी ओली र पुष्पकमल दाहाल छलफलमा

काठमाडौ, २३ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र देखिएको विवाद समाधान गर्न अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल छलफलमा जुट्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि मात्रै दाहाल पुग्नुभएको र अहिले बैठक जारी रहेको बताइएको छ । आइतबार आ–आफ्ना पक्षका दुई–दुई नेताहरुसहित भेटवार्ता गरेका अध्यक्षद्वयले सोमबार छुट्टा–छुट्टै भेट गर्नुभएको थियो ।

दुई अध्यक्षबीच सहमति जुट्यो भने त्यसैका आधारमा अन्य नेतासँग छलफल गर्ने तयारी छ । सहमति खोज्न भन्दै स्थायी कमिटी बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);