लिभरपुलसँग २–० गोल अन्तरले एस्टन भिल्ला पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

लिभरपुलसँग २–० गोल अन्तरले एस्टन भिल्ला पराजित

एजेन्सी, २२ असार । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई २–० गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन साडियो माने र कुर्टिस जोन्सले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७१ औं मिनेटमा मानेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ९० औं मिनेटमा जोन्सले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए ।

जितसँगै शीर्ष स्थानको लिभरपुलले ३३ खेलबाट ८९ अंक जोडेको छ । लिभरपुलले लिगको उपाधि यस अघि नै जितिसकेको छ । यो जितपछि लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीविरुद्ध २३ अंकको अग्रता समेत बनाएको छ ।

एस्टन २७ अंक जोडेर पुछारबाट तेस्रो स्थानमा रहेको छ । प्रिमियर लिग अन्तर्गत नै गएराति भएको अर्को खेलमा न्युकासल र वेष्ट ह्यामले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);