अर्नमा गाउँपालिका : मेयरमा माओवादी केन्द्र विजयी, रोचक बन्यो उप-मेयरको मत परिणाम | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

 

सिरहा, ५ असोज । अर्नमा गाउँपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी-केन्द्र) विजयी भएको छ । माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार ठकु महतो कोइरीले २४३६ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनले एमालेका चन्द्रेश्वर मण्डललाई पराजित गरेका हुन्। मण्डलले २२०९ मत प्राप्त गरे।

त्यस्तै उमपप्रमुखमा पनि माओवादी केन्द्रकी उपमेयरकी उम्मेदवार सीयावती मुखिया विजयी भएकी छन्। उपमेयरमा मुखियाले एमालेकी उम्मेदवारलाई १ मतले हराएकी हुन्। विजयी माओवादीकी उम्मेदवार मुखियाले २,२९९ मत ल्याएकी छन् भने एमालेकी उम्मेदवार रामकुमारी महतोले २२९८ मत ल्याईन्।