काठमाडौं, १७ असार । नेपाली कांग्रेसका सांसद गगन थापाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवादलाई लिएर बालुवाटारमा तमासा भएको टिप्पणी गर्नुभएको छ ।
नेकपाको स्थायी कमिटि बैठकमा प्रधानमन्त्रीको राजीनामा मागिएपछि नेकपा भित्र विवाद चर्किएको छ । बैठकमा नेताहरुबीच आरोप प्रत्यारोप गर्दै बाजाबाज समेत भएको थियो ।
सांसद थापाले सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त रहेको कुरा बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘बालुवाटारमा तमासा छ ! सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन् । तर न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले । बरु यिनको त गति र प्रभाव बढ्दो छ।
थापाले थप लेख्नुभएको छ, ‘त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुरोध छ : अति भयो यो तमासा, अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस् ।





