समाचार | Page 1710 of 6015 | ईमाउण्टेन समाचार

Our Network

असार २ २०८३, बुधवार

समाचार

निर्वाचन आयोगलाईं जंगी अड्डा नबनाउन सुझाव, अनुगमनमा प्रेस काउन्सिल नै काफी  

काठमाडौं । निर्वाचन आयोगले मिडिया अनुगमन भन्दै सेना र प्रहरीको साइबर ब्युरो राखेर सञ्चारमाध्यम, सामाजिक सञ्जाल अनुगमन गर्ने तयारी गरेकोमा नेपाल पत्रकार महासंघसहित सरोकारवालाले विरोध जनाएका छन् ।

आयोगले मिडिया अनुगमनका लागि प्रेस अफिस नामक संरचना खडा गरेको र त्यसले प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारमा प्रवेश गरेको भन्दै विज्ञहरुले त्यस्तो गलत काम नगर्न आयोगलाई सुझाएका हुन् ।

आसन्न निर्वाचन र आचारसंहिता विषयमा काउन्सिलले गरेको अन्तक्रिया कार्र्यक्रममा बोल्दै बरिष्ठ पत्रकार एवं काउन्सिसलका पूर्व अध्यक्ष राजेन्द्र दाहालले आयोगले अनुगमनका लागि जंगी कर्मचारी राखेर वेकारको लफडामा परेको बएाए ।

‘निर्वाचन आचारसंहिताको सुक्ष्म अनुगमन आयोगले गर्न सक्छ तर, त्यसको संरचनामा जंगी कर्मचारी राख्दा वेकारमा शंका पैदा गराएको छ । यो कदम उचित होइन,’ दाहालले भने ।  उनका अनुसार आयोगले अनुगमनको जिम्मेवारी नदिएपनि आचारसंहिता कार्यान्वयन भए÷नभएको विगतभन्दा बढी नै काउन्सिल सक्रिय हुनुपर्ने दाहालको सुझाव छ ।

नेपाल पत्रकार महासंघ, प्रेस चौतानी, प्रेस युनियन, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन सबैले काउन्सिलसँग समन्वय नगरेर आयोगले गल्ती गरेको भन्दै उक्त निर्णय सच्याउन माग गरिसकेका छन् । ती संगठनहरुले प्रेस विज्ञप्ति नै जारी गरेर आयोगले मिडियाको अनुगमन र कारवाही आफैले गर्न खोजे त्यो मान्य नहुने र आन्दोलनमा उत्रिन बाध्य हुने जनाईसकेका छन् ।

‘आयोगले गठन गरेको संयन्त्रमा सेना प्रहरीसमेत राखेर शाहीकालीन झल्को दिईएको छ, आयोग संविधानभन्दा बाहिर जान सक्दैन,’ प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले भने, ‘यस्तो कार्यको विरोध गर्दा कारबाही हुन्छ भने जेल जान पनि तयार छु ।’

‘आयोगले बनाएको संयन्त्र गलत भएकोले हामी गम्भीर छौं,’उनले भने,‘आयोगले अहिले जे गर्दैछ त्यो संविधानविपरीत छ । अरुलाई वास्तै नगरी एक्लै हिँड्न खोजिएको छ । मिडिया अनुगमनको काम काउन्सिललाई दिनुपर्छ,’ पत्रकार महासंघका सचिव गोविन्द चौलागाईंले

निर्वाचन आयोगले मिडिया र सामाजिक सञ्जालमा आउने सामग्री अनुगमन गर्न प्रेस अफिसको स्थापना गरेको छ । आयोगका सहसचिवको संयोजकत्वमा बनेको संयन्त्रमा सेना, प्रहरीको साइबर ब्युरोका प्रतिनिधि, विज्ञापन बोर्ड, सहितको प्रतिनिधि रहने भनिएको छ ।  काउन्सिलको अधिकार कटौती गर्ने गरी आयोगले नै मिडिया अनुगमन गरेको भन्दै काउन्सिल र आयोगबीच द्वन्द्व सुरु भएको छ ।

आयोगले लिएको पछिल्लो निर्णयलाई वक्ताहरुले अधिनायकवादको संज्ञा समेत दिए । मिडियाको सामग्री अनुगमन आयोगले गर्ने नभई प्रेस काउन्सिललाई दिनुपर्ने वक्ताहरुको जोड थियो । ‘मिडिया अनुगमनको काम आयोगले गर्ने होइन, जसको जे जिम्मेवारी हो त्यही गर्नु्पर्ने हुन्छ, सेना र प्रहरी रहेको संयन्त्रबाट अनुगमन गराउनुहुँदैन,’डब्लुडब्लुएफकी अध्यक्ष निर्मला आचार्यले बताइन् ।

व्यावसायिक रेडियोको छाता संगठन वानका अध्यक्ष कुमार भट्टराईले काउन्सिल बाहेक मिडियाको सामग्री अनुगमन र कारवाही गर्ने अधिकार अरुलाई नभएको बताए ।

सामुदायिक रेडियोहरुको साझा छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ (एकोराब) ले पनि आयोगको कदमको विरोध जनाएको छ । एकोराबको अध्यक्ष अर्जुन गिरीले अनुगमन आयोगको नभई काउन्सिललाई दिनुपर्ने बताए । गिरीले काउन्सिलको काम कारवाही व्यवस्थित र विश्वसनीय भएकाले काउन्सिलसँगै सहकार्य गर्न आयोगलाई सुझाएका थिए ।

वक्ताहरुले गत स्थानीय चुनावमा काउन्सिलले प्रभावकारी ढंगले अनुगमन गरेको र त्यसले मिडिया जगतमा राम्रो सन्देश दिएको समेत स्मरण गरेका थिए ।
माओवादी निकट प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले सेना, प्रहरी राखेर मिडिया अनुगमन गर्ने संयन्त्र बनाउनु गलत भएको बताए । मिडिया नेपालका गोपाल पौडेल, समाजवादी प्रेसका महासचिव भूपराज खड्काले पनि आयोगको कदमको विरोध जनाए ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनका बेला आचारसंहिता कार्यान्वयन गराउन थप सक्रिय हुने बताए । ‘हाम्रो काम मिडियाका कन्टेन्ट अनुगमन गर्ने,  आचारसंहिता पालना गराउने र त्यसका लागि आवश्यक समन्वय गर्ने भएकोले अरु बेलाभन्दा थप सक्रिय हुन्छौं,’उनले भने । कार्यक्रममा काउन्सिलका बोर्ड सदस्यहरु दिपक पाण्डे, ठाकुर बेल्वासे र रामप्रसाद दाहालसहित विभिन्न विज्ञ पत्रकारहरुको सहभागिता थियो ।

दशै र तिहार बिदा मनाउन आएका पर्यटकले लमजुङका होमस्टे भरिए

लमजुङ । लामो छुट्टीमा घुम्न जाने संस्कृति नेपालीहरुमा समेत बढ्न थालेको छ । दशैंमा हुने लामो विदामा धेरै व्यक्तिहरु बिभिन्न स्थानमा घुम्न निस्किन्छन् । लमजुङमा पछिल्लो समय होमस्टे घुम्न गएर दशैं मनाउने आन्तरिक पर्यटकहरुको संख्या पनि बढेको छ । दशै र तिहार विदालाई धुमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि होमस्टे तिर लागेका छन ।

सुखी गाउँ घलेगाउँ र नेपालकै नमुना गाउँ काउलेपानीमा यतिबेला दशै र तिहार विदा मनाउन आएका पर्यटकले होमस्टे नै ‘हाउसफुल’ भएको छ । विदा मनाउनका लागि समुह समुह बनेर आउने क्रम जारी छ, काउलेपानी पर्यटन ब्यवस्थापन समितिका अध्यक्ष देबबहादुर गुरुङले भने, ‘गाउँका सवै होमस्टे घरहरु पर्यटकले भरिएका छन् ।’ उनका अनुसार होमस्टेमा दशै मनाउनका लागी ५०/६० जना आन्तरिक पर्यटक आएका छन ।

पर्यटकको आगमन बढेसँगै होमस्टे सञ्चालकहरुको ब्यस्तता पनि बढ्न थालेको होमेस्टे सञ्चालक कबिन्द्र गुरुङले बताए । “कुनै घरपनि खाली छैन हामीलाई भ्याई नभ्याई भएको छ, उनले भने, ‘राती बास बस्न नपाउनेहरु विहान मात्रै आएका छन ।
सुखी गाउँ घलेगाउँमा पनि डेढ सय भन्दा बढि पर्यटक घलेगाउँ आएको घलेगाउँ पर्यटन व्यावस्थापन समितीका अध्यक्ष प्रेम बहादुर घलेले बताए । उनले भने दशै र तिहार विदा मनाउन आएका पर्यटकले होमस्टे प्याक भएको छ ।

होमस्टे, प्राकृतिक दृश्यावलोकनका लागि पर्यटकीय गाउँहरुमा पर्यटकको ओईरो लागेको हो । घलेगाउँ, काउलेपानी सहित राइनासकोट होमस्टेमा पनि पर्यटक भरिएका छन् । घलेगाउँ, काउलेपानी ,राइनासकोट होमस्टे मात्र हैन बेसीशहरको खासुर, खुदीको सिउरुङ, ताघ्रिङको छापा, घेर्मुको रकगार्डेनमा पर्यटकको ओईरो लागेको स्थानियले बताएका छन् ।

गाउँमा पर्यटकको चाप बढेर भ्याई नभ्याई भएपनि गाउँलेहरु भने खुशी भएका छन् । पर्यटकीय गाउँहरुमा कृषिसँगै पर्यटन नै मुख्य पेशा रहेको छ । पर्यटकहरुको स्वागत सत्कार गरेरनै स्थानियले मनग्ये आम्दानी गर्ने गरेका छन् ।

अमेरिकी डलर महंगो हुँदा कमजोर बन्दै नेपाली रुपैयाँ

काठमाडौं । शुक्रबार अमेरिकी डलरको भाउ पुनः बढेको छ । बिहीबार एकको खरिदमा १३१ रुपैयाँ ४१ पैसा र बिक्रीमा १३२ रुपैयाँ १ पैसा रहेको अमेरिकी डलर आज शुक्रबार बढेर खरिद मूल्य १३१ रुपैयाँ ४६ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ६ पैसा पुगेको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिदमा १२७ रुपैयाँ ७७ पैसा र बिक्रीमा १२८ रुपैयाँ ३५ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८२ रुपैयाँ ४९ पैसा र बिक्री मूल्य ८२ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ १६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५९ पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९१ रुपैयाँ ६८ पैसा र बिक्रीमा ९२ रुपैयाँ १० पैसा रहेको छ ।

यसैगरी जापानी रियाल १० को खरिदमा ८ रुपैयाँ ९५ पैेसा र बिक्रीमा ८ रुपैयाँ ९९ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ९८ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ १४ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६ रुपैयाँ २७ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ २ पैसा र बिक्री मूल्य २८ रुपैयाँ १५ पैसा, साउथ कोरियन वन १०० को खरिद मूल्य ९ रुपैयाँ १९ पैसा र बिक्री मूल्य ९ रुपैयाँ २३ पैसा, कुवेती दिनार एकको खरिदमूल्य ४२३ रुपैयाँ ६३ पैसा र बिक्रीमा ४२५ रुपैयाँ ५६ पैसा र बहराइन दिनार एकको खरिद मूल्य ३४८ रुपैयाँ ७१ पैसा र बिक्री मूल्य ३५० रुपैयाँ ३१ पैसा रहेको छ ।

निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ

काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो निर्वाचित हुने प्रणाली तर्फ (प्रत्यक्षतर्फ)को मतपत्र छपाई सुरु भएको छ ।

निर्वाचन आयोगका अनुसार प्रत्येक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका छुट्टाछुट्टै हुने गरी ४९५ प्रकारका मतपत्र छपाइको काम थालिएको हो । मतपत्रमा उम्मदेवारको मात्र चिह्न रहने आयोगले जनाएको छ ।

बुधबार उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेसँगै निर्वाचन आयोग प्रदेशसभा तथा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मतपत्रको छपाइमा जुटेको हो । समानुपातिकतर्फको मतपत्र छपाइ सकिएको आयोगले जनाएको छ । भक्तपुरस्थित जनक शिक्षा समाग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्रको छपाइको काम भइरहेको छ ।

घनश्यामले राजनीतिक अपराध गरे : छविलाल विश्वकर्मा

बुटवल । नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले पूर्व एमाले नेता घनश्याम भुसालले राजनीतिक अपराध गरेको आरोप लगाएका छन् । नेकपा एमाले, राप्रपा र जसपाले तिलोत्तमामा गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै विश्वकर्माले आफ्नो पार्टीको प्रधानमन्त्रीलाई हटाएर २३ सिट भएको विपक्षी पार्टीका सभापतिलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर र अदालत धाउनु राजनीतिक अपराध भएको बताए ।

‘जनताले पाँच वर्ष सरकार चलाउन दिएको आफ्नो पार्टीले पाएको जनमतलाई कुल्चेर २३ सिटमा थन्किएको कांग्रेसलाई सत्ता सुम्पिने काम संसदीय राजनीतिमा अपराध हो,’ विश्वकर्माले भने, ‘सरकार पाँच वर्ष टिक्न नदिएर अस्थिरता ल्याउनेको हिसाब चुनावमा जनताले खोज्नेछन् ।’

रुपन्देही–१ मा सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्र वाम उम्मेदवार बनेका आफ्नै प्रतिस्पर्धी भुसाललाई लक्षित गर्दै उनले सत्ता गठबन्धनले उम्मेदवार नपाएको र स्वतन्त्रको दुकान नचल्ने बताए । ‘पार्टीकै हुँदा त मतदाता कार्यकर्ताले फेला पारिएन भन्थे, अहिले त फेद न पुच्छर कहाँ खोज्ने ?,’ विश्वकर्माले भने, ‘स्वतन्त्रको दोकान चल्नेवाला छैन। न बिरुवा बन्छ, न फल नै लाग्छ ।’

दलहरूमा कमी कमजोरी भए सुधार्न सकिने तर दलको विकल्प स्वतन्त्र हुनै नसक्ने विश्वकर्माको भनाई छ । सत्ता गठबन्धन राष्ट्रियता र जनजीविकाका सवालमा गैर जिम्मेवार भएको र प्रतिपक्षी दलविरुद्ध गठबन्धन गरेकाले एमालेले पनि राप्रपा र जसपासFग तालमेल गर्नुपरेको उनले बताए ।

एमाले केन्द्रीय सदस्य शिवराज सुवेदीले घनश्याम भुसालले पार्टीविरुद्ध पटक पटक बेइमानी गरेको आरोप लगाए । टिकट नपाएपछि रातारात पार्टी छाड्नु धोकेबाज र अवसरवादी भएको भन्दै उनलाई जनताले विश्वास नगर्ने सुवेदीले दाबी गरे । ‘घनश्यामजीले पार्टीविरुद्ध तीनपटक बेइमानी गर्नुभएको छ, कहिले माले बनाउनुभयो, कहिले माधव नेपाललाई पार्टी विभाजनमा उक्साउनुभयो अहिले सत्ता गठबन्धनको इशारामा पार्टीलाई धोका दिनुभयो,’ सुवेदीले भने ।

कार्यक्रममा प्रदेश सभा सदस्य उम्मेदवार एमालेका दधिराम न्यौपाने र राप्रपाका आशिसकुमार चौधरीले रुपन्देही १ को प्रतिनिधि सभा र प्रदेश सभा गरी तीनवटै क्षेत्रमा एमाले–राप्रपा–जसपा गठबन्धनले १५ देखि २० हजार मतान्तरले जित्ने बताए ।

कार्यक्रममा राप्रपा सहायक महामन्त्री ताहिर खली भाट, प्रदेश अध्यक्ष प्रदीपकुमार उदय, एमाले क्षेत्रीय संयोजक वेद गिरी, सचिव युवराज न्यौपाने लगायतले सत्ता गठबन्धनले देशलाई सिक्किमीकरणको बाटोमा लगेकाले एमालेसँग तालमेल गर्नुपरेको बताए । कार्यक्रममा तीन दलले एमाले नेता डा. कृष्ण न्यौपानेको संयोजकत्वमा तीन हजार १३१ सदस्यीय निर्वाचन परिचालन कमिटी बनाएका छन् ।

खानेपानीको हाहाकार हुने दैलेखको थापा गाउँमा पुग्यो पानी , स्थानीय हर्षित

सुर्खेत । दैलेखको डुङ्गेश्वर गाउँपालिका–४ थापा गाउँमा खानेपानीको समस्या समाधान भएको छ । सोसेक नेपालको अगुवाइमा खानेपानी योजना निर्माण भएपछि थापा गाउँको खानेपानी समस्या समाधान भएको हो ।

हेल्भेटास नेपाल र एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रम र डुङ्गेश्वर गाउँपालिकाको साझेदारी तथा सोसेक नेपालको प्राविधिक तथा सामाजिक सहजिकरणमा थापा गाउँमा खानेपानी सुविधा पुगेको हो ।

योजनाको कुल लागत २६ लाख १९ हजार ३ सय रुपैयाँ रहेको सोसेक नेपालका फिल्ड प्राविधिक जयबहादुर विष्टले जानकारी दिए । हालै निर्माण सम्पन्न थापा गाउँ खानेपानी तथा सरसफाइ योजनाबाट गाउँका ३४ घरधुरीमा खानेपानीको सुविधा पुगेको छ । फिल्ड प्राविधिक विष्टका अनुसार ३४ घरधुरीका लागि घरैपिच्छे खानेपानीको धारा जडान भएको छ ।

योजना निर्माणसँगै थापा गाउँमा सरसफाइको विभिन्न गतिविधि समेत सञ्चालन भइरहेको छ । हरेक घरमा फोहोर फाल्ने खाडल र चाङ निर्माण गरिएको थापा गाउँ खानेपानी तथा सरसफाइ योजनाका अध्यक्ष गोविन्दबहादुर थापाले बताए । योजनाबाट लाभान्वित ३४ घरधुरीलाई फिल्टर समेत वितरण गरिएको अध्यक्ष थापाको भनाई छ ।

खानेपानी योजना निर्माण हुनुअघि थापा गाउँका स्थानीयले खानेपानीको समस्या झेल्दै आएका थिए । योजनाका कोषाध्यक्ष समेत रहेकी रेखा थापाले योजना निर्माण सम्पन्न भएपछि खानेपानीको समस्या समाधान भएको बताइन् ।

‘योजना निर्माण हुनु अघि फोहोर पानी प्रयोग गनुपथ्र्यो, टाढा टाढाबाट खानेपानीको जोहो गर्नुपर्ने बाध्यता थियो, चैत्र वैशाखमा त खानेपानीको हाहाकार हुन्थ्यो, उनले भनिन् । एक घर एक धारा निर्माण भएपछि खानेपानीको सबै समस्या हटेर गएको उनले बताइन् । घरमै धारा जडान भएपछि व्यक्तिगत तथा घरायसी सरसफाइमा पनि सहज भएको थापाको भनाई छ ।

थापा गाउँ खानेपानी तथा सरसफाइ योजनाका सचिव सुरेन्द्रबहादुर थापाका अनुसार खानेपानी योजनालाई दिगो बनाउन सबै लाभान्वित उपभोक्ताहरू प्रतिबद्ध रहेको बताए ।

बाढीपहिराेले दैलेख चामुण्डाका ४० घरपरिवार विस्थापित, ९६ घरधुरी जोखिममा

सुर्खेत । १९ असाेजदेखि लगातार परेको वर्षाले देशभर ठूलो धनजनको क्षति भएकाे छ । मुलुकभर परेको अविरल वर्षाका कारण यसपालिको दसैं कर्णालीवासीका लागि निकै पीडादायी बनेकाे छ ।

सर्वसाधारणले बल्लतल्ल दसैंकाे टीका लगाउन त भ्याए तर वर्षा, चिसो र हिलोका कारण देश विदेशबाट दसैं मनाउन घर आएकाहरूले परिवारमा बसेर आपसमा खुसी  साट्ने अवस्था भएन । दसैंको टीकाकै दिन बिहानैदेखि पानी परेकाे थियाे। यही पानीका कारण सर्वसाधारणले विपद्को सामना गर्नुपर्याे ।

अविरल बर्षातका कारण कर्णालीका विभिन्न स्थानजस्तै दैलेखमा पनि ठूलो क्षति भएको छ । चामुण्डाविन्द्रासैनी नगरपालिकाका विभिन्न वडा ४० घरपरिवार विस्थापित भएको छन् । नगरपालिकाका मेयर गणेशकुमार शाहीले वर्षातका कारण घर भत्किँदा ४० परिवार विस्थापित भएका छन् । उनीहरू आफन्तको घरमा आश्रय लिइरहेका छन् ।

मेयर शाहीका अनुसार ९६ घरधुरी उच्च जोखिममा छन् । विपद्का कारण पीडित परिवारजनहरुलाई सहयोगको लागि कर्णाली प्रदेश सरकार तथा नेपाल सरकार र दातृ निकायहरूसँग मेयर शाहीले सहयाेगका लागि आह्वान समेत गरेका छन् ।

महोत्तरी–१ मा रोचक भिडन्त : पहिला सहकर्मी अहिले प्रतिस्पर्धी 

महोत्तरी । आगामी ४ मंसिरमा हुने निर्वाचनमा महोत्तरी–१ बाट कसले जित्ला भनेर अनुमान र चर्चा गर्न थालिएको छ । कुनै बेलाका सहकर्मीबीच भिडन्त हुने भएपछि यो क्षेत्र अन्यको तुलनामा बढी नै चासोमा छ ।

विशेषगरी प्रदेशसभामा एमालेका पूर्वसहकर्मी सुरेश राउत र सारदादेवी थापा, एमालेका बागी उम्मेदवार फाल्गुन सुस्लिङ्ग मगर र माओवादी केन्द्रका राजन ढुंगानाबीच प्रतिस्पर्धा हुने देखिन्छ । एकले अर्काेले मत काट्ने भएकाले चारै जनालाई उत्तिकै जोखिममा छन् । यस्तो भिडन्तले एमालेका उम्मेदवारलाई बढी क्षति पुग्ने प्रष्ट छ ।

कुनै वेला एमालेमै रहेका सुरेश राउत सत्ता गठबन्धनको नेकपा एसबाट साझा उम्मेदवार बनेका छन् । एमालेबाट नेतृ सारदादेवी थापा राउत प्रतिस्पर्धामा छिन् । माओवादीबाट एमालेमा आएका फाल्गुन सुस्लिङ्ग मगरले पनि उनीहरूलाई चुनौती दिइरहेका छन् ।

पूर्ववडा अध्यक्ष समेत रहेका मगर बागी उम्मेदवार बनेपछी एमाले कै मत काटिने आकलन धेरैको छ । व्यक्तिप्रति असन्तुष्ट रहेका कार्यकर्ताहरूलाई समेत मतदान गर्न निक्कै सहज भएको छ । सारदादेवी थापा यसअघि पनि प्रदेशसभामा सांसद थिइन् ।

स्थानीय तह निर्वाचनमा स्वतन्त्रलाई सहयोग गरेको भन्दै एमालेभित्रैको एउटा समूह थापाप्रति रुष्ट छ । केहीदिन अघि एमालेका प्रदेश सदस्य चन्द्रबहादुर क्यापछाकीले विज्ञप्तिमार्फत स्वतन्त्रलाई भोट माग्नेलाई पार्टीले टिकट दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । यदि पार्टीभित्र यस्ता प्रकारका असन्तुष्टि बन्द नहुने हो भने यसको प्रत्यक्ष लाभ नेकपा एसका सुरेश राउतले उठाउन सक्छन् ।

यता, माओवादीका पूर्व सहकर्मीहरूबीचको लडाइले प्रदेशसभाको चुनावी समीकरण थप पेचिलो बन्दै गएको छ । आंकलन गर्नेहरूले योजनाअनुसार नै राजन ढुंगना र फाल्गुन सुस्लिङ्ग मगरले उम्मेदवारी फिर्ता नलिएको बताउँदै आएका छन् ।

अन्तिममा फाल्गुन सुस्लिङ्ग मगरले पूर्व सहकर्मी ढुंगानालाई पो सघाउने हुन् की भन्ने आसंका बढेको छ । जसको परिणामस्वरूप एमालेले थप घाटा बेहोर्न सक्ने देखिन्छ ।

माओवादीबाट विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएका राजन ढुंगाना पनि जिल्लामा बलिया उम्मेदवार मानिन्छन् । बर्दिबास–३ का पूर्व वडाध्यक्ष ढुंगानाले आफ्नो कार्यकालमा गरेको कामको ब्याज अहिले पनि खाइरहेका छन् । माओवादी केन्द्रको एउटा समूह ढुंगानाको साथमा रहेको हुनाले प्रतिस्पर्धामा मैदानमा उत्रिएका उम्मेदवारमध्ये ढुंगाना पनि बलियो रहेको आंकलन छ ।

प्रदेश ‘क’मा युवराज पोखरेल चुनावी मैदानमा छन् । उनी बर्दिबास नगरपालिकामा नगरप्रमुख जितेका प्रल्हाद पक्षधर स्वतन्त्र उम्मेदवार हुन् ।

४.१५ अंकले बढ्यो नेप्से

काठमाडौं । सेयर बजारमा बिहीबार सामान्य सुधार भएको छ । यस दिन नेप्से सूचक ४.१५ अंकले बढेर १८७०.६३ विन्दुमा पुगेको छ । बिहीबार ८२ करोड ९६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार रकम पनि विगत केही दिनको तुलनामा सामान्य सुधार भएको छ । पछिल्लो केही समयदेखि नेप्सेमा साइडवेज मुभमेन्ट देखिएको छ ।

आज हाइड्रोपावरबाहेक बाँकी सबै समूहका सूचक हरियो बनेका छन् । २२२ कम्पनीको २६ लाख ९८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । तीन करोड ४० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नबिल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल लाइफ इन्सुरेन्स र शिवम् सिमेन्ट्स परेका छन् ।

निर्वाचन आयोगले दियो उम्मेदवारले निर्वाचनमा गर्ने खर्चको अनुगमन गर्न प्रहरीलाई निर्देशन 

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको अनुगमन गर्न नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई निर्देशन दिएको छ । आयोगले एक विज्ञप्ति जारी गरी प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई उक्त निर्देशन दिएको जनाएको हो ।

‘राजनीतिक दल तथा उम्मेदवारबाट हुनसक्ने निर्वाचन आचारसंहिता उल्लंघन तथा निर्वाचन खर्चका सम्बन्धमा आफ्ना स्थानीय संरचना परिचालन गरी सूक्ष्म अनुगमन गर्न र दल तथा उम्मेदवारबाट भए गरेको विवरण छुट्टाछुट्टै उल्लेख गरी आयोगमा उपलब्ध गराउन नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई दिर्नेशन दिइएको छ,’ आयोगले भनेको छ ।

कांग्रेसका क्षेत्रीय सभापति राई पाँच वर्षका लागि पार्टीबाट निष्कासित

उदयपुर । उदयपुरमा गठबन्धनको उम्मेदवारविरुद्ध उम्मेदवारी दिने तथा प्रस्ताव समर्थकसहितलाई नेपाली कांग्रेस उदयपुरले पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । कांग्रेस क्षेत्रीय सभापति रामकुमार राईसहित पाँचजना नेता तथा कार्यकर्ता कारबाहीमा परेका हुन् ।

कांग्रेसले प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धनविरुद्ध बागी उम्मेदवार बनेका नेता र तिनका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सत्तारुढ गठबन्धनको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बन्ने नेता, तिनका प्रस्तावक र समर्थकलाई पाँच वर्ष निष्कासन गरेको जानकारी दिँदै तततत् जिल्लाबाट तत्काल कारबाही गरी जानकारी गराउन निर्देशन दिएका थिए ।

आसन्न ४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका छन् । कांग्रेस उदयपुरका कार्यवाहक सभापति भीमचन्द्र राईले जारी गरेको विज्ञप्तिअनुसार गठबन्धनविरुद्ध बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थकलाई कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ (१) (घ) उल्लंघन गरेकोमा धारा ३४ (४) (क) अनुसार कांग्रेसको सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निष्कासन गरिएको जनाएका छन् ।

गठबन्धनविरुद्ध कांग्रेस उदयपुरका क्षेत्रीय सभापति रामकुमार राईले निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । राईले गठबन्धनका उम्मेदवार जगन्नाथ खतिवडाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएकोले पार्टीबाट पाँच वर्षका लागि निष्कासनमा परेका हुन ।
उनले निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन दिएको समयभित्र उम्मेदवारी फिर्ता नलिएपछि कांग्रेस केन्द्रीय सर्कुलरबमोजिम निष्कासनमा परेका हुन् ।

तत्कालीन कांग्रेस जिल्ला कार्य समिति सचिवसमेत रहेका राई पार्टीले टिकट नदिएपछि ०७४ मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा चुनावअघि माओवादी प्रवेश गरेका थिए । तर, दुई वर्ष नबित्दै पुन: कांग्रेसमै फर्काएर उनलाई पूर्ववत् जिल्ला सचिवको जिम्मेबारीमा फर्काएपछि पार्टीमै क्रियाशील रहेका थिए । राईको प्रस्ताव र समर्थकमा पार्टीकै क्रियाशील सदस्यहरू लीलाराज अधिकारी र मिनकुमार दाहाल पनि कारबाहीमा परेका छन् ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ (क) मा गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने जयप्रसाद सुवेदी र उनका प्रस्तावक भरत कार्कीलाई पनि पाँच वर्षसम्मका लागि पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ ।

‘९० प्रतिशत निर्वाचन आचार संहिता उल्लंघन ठुला दलबाटै’

उदयपुर । करिब ९० प्रतिशत निर्वाचन आचार संहिता उल्लंघन ठुला राजनीति दलहरूबाटै हुने गरेकाे सरोकारवाला निकायले जनाएका छन् । यसकारण आगामी निर्वाचनमा यस्ताे घटना नदाेहाेर्याउन र आचार संहितालाई गम्भीरतापूर्वक लिन जोड दिइएको छ ।

जिल्ला निर्वाचन कार्यालय उदयपुरले बिहीबार कर्मचारी मिलन केन्द्रमा आयोजना गरेको निर्वाचन आचारसंहिता ०७९ को विषयमा जानकारी दिन आयोाजना गरिएको कार्यक्रमका सहभागीहरूले मुख्य र जिम्मेवार दलबाट आचारसंहिता उल्लंघन हुने गरेको आरोप लगाए । निर्वाचन आचारसंहितामा उल्लेख भएका ९० प्रतिशत नियम उल्लंघन हुने गरेको विभिन्न राजनैतिक दल तथा स्वतन्त्र उम्मेदवारले बताए ।

कार्यालयका प्रमुख खेमराज कोइरालाले आगामी ४ मंसीरमा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार, दललगायत सरोकारवाला पक्षले पालाना गर्नु पर्ने आचारसंहितको बिषयमा जानकारी गराएको थियो ।

कांग्रेसका बागीलाई ३१ असोजसम्मको समय थप, फिर्ता लिए वा निष्क्रिय बसे कारबाही नहुने

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध बागी दिएका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन थप पाँच दिनको समय दिएको छ । निर्वाचन आयोगले २६ असोज दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता नलिएकाहरू सबैको उम्मेदवार सूची सार्वजनिक गरेको छ ।

कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, जसपालगायतका दलले आयोगले दिएको समयसम्म उम्मेदवारी फिर्ता नलिने बागीहरूलाई कारबाही थालेका छन् । कांग्रेसले बुधबार जारी गरेको विज्ञप्तिअनुसार पाँच वर्षसम्मका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ । तर, कांग्रेसले बिहीबार बागीलाई थप पाँच दिन समय दिएर उम्मेदवारी निष्क्रिय बनाउने रणनीति अख्तियार गरेको छ ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै आगामी ३१ असोजसम्म आफ्नो उम्मेदवारी फिर्ता लिई निष्क्रिय बस्ने बागी उम्मेदवार, प्रस्ताव र समर्थकलाई पार्टीले आवश्यक प्रक्रिया पूरा गरी कारबाही फुकुवा गर्ने उल्लेख गरेका छन् । त्यसका लागि कांग्रेसले पार्टी र गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन पूर्ण रुपमा सक्रिय रहने प्रतिवद्धतासहित सार्वजनिक रूपमा वक्तव्य जारी गर्नुपर्ने उल्लेख गरेको छ ।

विद्रोही उम्मेदवारले आफ्नो उम्मेदवारी निष्क्रिय गर्ने सम्बन्धमा
यही २०७९ मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा प्रदेश सभा सदस्य पदको निर्वाचनमा गठबन्धन दलहरु बीच सहमती भई बनेका नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार एवं गठबन्धन दल बीच सहमति भई बनेका गठबन्धन दलका आधिकारिक उम्मेदवार विरुद्ध विद्रोही उम्मेदवारी दिई तोकिएको मिति र समय ९२०७९ असोज २६ गते विहान १० बजेदेखि अपरान्ह १ बजे० भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) बमोजिम नेपाली कांग्रेसको सदस्यता समेत नरहने गरी ५ वर्षका लागि निष्काशन गरिएको विषयमा ध्यानाकर्षण गराउँदै,
तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रुपमा सक्रिय रहने प्रतिवद्धता सहित २०७९ असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपरको कारवाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पु¥याई फुकुवा गर्ने व्यहोरा सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ
 ।

कोभिडका कारण चरम गरिबीमा धकेलिएका ७ करोड जनसंख्यामध्ये साढे ५ करोड भारतीय

एजेन्सी । कोभिड–१९ ले विश्वव्यापी रूपमा झन्डै ७ करोड १० लाख मानिसलाई चरम गरिबीमा धकेलेको विश्व बैकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । ‘गरिबी र साझा समृद्धि २०२२’ शीर्षकको प्रतिवेदनले विश्वव्यापी चरम गरिबी दर सन् २०१९ मा ८.४ प्रतिशतबाट बढेर २०२० मा ९.३ प्रतिशत पुगेको जनाएको छ ।

सन् २०२० को अन्त्यसम्ममा ७० करोडभन्दा बढी मानिस गरिब भएको प्रतिवेदनले जनाएको छ। भारतजस्ता धेरै जनसंख्या भएका देशहरूले सबैभन्दा बढी पीडा भोगेका जनाइएको छ । चरम गरिबीमा परेका अनुमानित ७ करोड १० लाख मानिसमध्ये ५ करोड ६० लाख भारतको रहेका छन् ।

भारत सरकारले सन् २०११ देखि गरिबीसम्बन्धी आधिकारिक तथ्यांक सार्वजनिक नगरेकोले अध्ययनका लागि सेन्टर फर मोनिटरिङ इन्डियन इकोनोमी नामक निजी डाटा कम्पनीद्वारा गरिएको कन्ज्युमर पिरामिड्स हाउसहोल्ड सर्भे (सीपीएचएस) को तथ्यांक प्रयोग गरिएको थियो ।

सिंजा क्षेत्रका तीन पालिकालाई संकटग्रस्त घोषणा गर्न माग

जुम्ला । सिंजा क्षेत्रका तीन गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषण गर्न माग गरिएको छ । बाढी र पहिरोबाट सबैभन्दा बढी क्षति पुगेकाे हिमा, सिंजा  र कनकासुन्दरी गाउँपालिकालाई संकटग्रस्त क्षेत्रका घोषणा गर्न सरकार समक्ष स्ठानीयले माग रेका हुन्ग ।

जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जनधनको अत्याधिक क्षेति भएकाले संघीय सरकारलाई राहात, उद्धार तथा पुनर्स्थापनाका लागि आह्नवान गरेकाे प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताए ।

उनले भने, ‘जिल्ला विपद् व्यवस्थापन समितिको बिहीवार बसेको बैठले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन ०७४ को दफा ३२ को (१) बमोजिम जुम्लाका कनकासुन्दरी, सिंजा, हिमा गाउँपालिका, तातोपानी गाउँपालिकाको वडा नम्बर १, ३, ४, ६, ७ र ८, तिला गाउँपालिका वडा नम्बर १, २, ३, ४ ६  र ७, गुठीचौर गाउँपालिकाको १ र २ र पातारासीको ३ नम्बर वडालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न गृह मन्त्रालयमा सिफारिस गरिएकाे छ ।’ बाढी पहिरोले जुम्लामा एक हजार ६ सय ७५ जना विस्थापित भएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी प्रमिला रिजालका अनुसार तीन सय १६ घर पूर्ण क्षेति, चार सय ४० घर उच्चजोखिम, सात सय २६ घर आंसिक क्षेति भएका छन् । जिल्ला प्रशासनका अनुसार जुम्लामा १० भन्दा बाढीकाे पहिरोमा परी मृत्यु भएको र एक बेपता छन् ।

जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार सबैभन्दा बढी हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा क्षति भएको र क्षतिको पूर्ण विवरण आउन बाँकी छ । १९ असाेज देखि परेको अविरल वर्षा र बाढीले अहिलेसम्म कर्णाली राजमार्ग अवरुद्ध छ ।

जिल्लाको सबै शक्ति प्रयोग गरेर सडक सूचारु गर्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । ठाउँठाउँमा पहिरो गएकाले अवरुद्ध भएको र सफाइ भइरहेको स्थानीय तहहरुले जनाएका छन् ।

सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले सिंजा गाउँपालिकाको कार्यालय, प्रहरी चौकी समेत डुवानमा परेकोमा बताए । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले हिमाको बुअ, बड्की, मोफ्ला र खलढुंगा लगायतका गाउँमा बढीपहिरो आएर विस्थापित भएको जानकारी दिए  ।

सर्लाही २ मा यादवलाई सघाउने सत्ता गठबन्धनको निर्णयप्रति लोसपाको आपत्ति

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सर्लाही २ मा नेपाल समाजवादी पार्टीका उम्मेदवार महीन्द्र राय यादवलाई सघाउने सत्ता गठबन्धनको निर्णयप्रति आपत्ति जनाएको छ।

सत्ता गठबन्धनका चार घटकले केही उम्मेदवारको प्रष्टीकरण गर्ने उद्देश्यले बुधबार जारी गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको लोसपाले जनाएको छ। सत्ता गठबन्धनको उक्त विज्ञप्ति कांग्रेस सभापति शेरबहादुर देउवासँग २२ असोजमा भएको सहमतिविपरीत रहेको लोसपाको ठहर छ।

बुधबार कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले विज्ञप्ति जारी गर्दै सर्लाही २ मा गठबन्धनका महीन्द्र राय यादव साझा उम्मेदवार रहेका जनाएका थिए। यादव माओवादीको हँसिया हथौडा चुनाव चिन्ह लिएर उठेका छन् । सोही कारण प्रचण्डको दबाबमा बुधबार सत्ता गठबन्धनले विज्ञप्ति निकालेको स्रोतले बतायो ।

लोसपाले सर्लाही २ मा मित्रवत प्रतिष्पर्धा गर्ने, सर्लाही २ (क) मा कांग्रेसको उम्मेदवार हुने तथा सर्लाही २ (ख), सर्लाही १ (क), महोत्तरी १ (क) र महोत्तरी २ (क) मा लोसपाको उम्मेदवार हुने सहमति भएको प्रस्ट पारेको छ ।