राजनीति
दुई नम्बर प्रदेशमा तेस्रो चरणमा असोज २ गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय, निर्वाचन आयोगको असन्तुष्टि
१ असार, काठमाडौं । निर्वाचन आयोगको असहमतिकाबीच सरकारले दुई नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचन असोज २ गते गर्ने निर्णय गरेको छ ।
राजपाको बन्द सर्वसाधारणलाई सास्ती, तालिममा सहभागि हुन गएका सहायक मतदान अधिकृत प्रदर्शनकारीको नियन्त्रणमा
३१ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टीको बन्दका कारण बुधबार पनि तराइका विभिन्न जिल्लाका सर्वसाधारणले सास्ती भोग्नु प¥यो । बन्द गराउँदै हिँडेका राजपाका कार्यकर्ता तोडफोडमा उत्रिएपछि लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेनन् । विषेशगरी राजपाको प्रभाव क्षेत्र दुई नम्बर प्रदेशका बजार तथा कलकारखान ठप्पप्राय भए । केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भयो ।
निर्वाचनको मुखमा पार्टी छोड्दै अवसर खोज्दै
सत्यराज घिमिरे । ३१ जेठ, काठमाडौं । दोश्रो चरणको निर्वाचनका लागि उम्मेदवारहरुको मनोनयनको मिति नजिकिएसँगै पार्टी परित्याग गरी अर्को पार्टीमा प्रवेश गर्नेहरुको लामै ताँती लागेको छ । कामको मुल्यांकन नभएको, उचित स्थान नपाएको वा पार्टीको कार्यशैली मन नपरेको जस्ता कारणहरु पेश गर्दै नेता र कार्यकर्ताहरु एकबाट अर्को पार्टी प्रवेश र परित्याग गरिरहेका छन् । पहुँचवाला व्यक्तिहरुले पार्टी प्रवेश गर्दा त्यस्ता व्यक्तिबाट मत खरीद हुनसक्ने संभावना समेत उत्तिकै देखिएको छ ।
नारायणमान विजुक्छेंको आरोपः सरकार भारतको इशारामा चल्यो
३१ जेठ, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले वर्तमान सरकार भारतको इशारामा चलेको आरोप लगाउनु भएको छ ।
केपी ओलीको दाबी, तराइमा एमाले नै अगाडि
२८ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह अन्तर्गत दोस्रो चरणको निर्वाचनको मिति परिवर्तन नहुने स्पष्ट पार्नुभएको छ ।
राजपालाई फकाउने सरकारको प्रयास, राजनीतिक दल सम्बन्धी ऐन संशोधन
२८ जेठ, काठमाडौं । राजनीतिक दल सम्बन्धी पहिलो संशोधन विधेयक २०७४ व्यवस्थापिका संसदको बहुमतले पारित भएको छ ।
राजपाद्वारा आन्दोलनको घोषणा, लाठी जुलुसदेखि आमहड्तालसम्मका कार्यक्रम
२८ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो चरणको स्थानीय तह निर्वाचलाई प्रभावित गर्ने गरी आन्दोलनका कार्यक्रम सार्वजनीक गरेको छ ।
तीनै तहको निर्वाचन गरानु पहिलो प्राथमिकताः देउवा
२५ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी माघ सात गते भित्र तीन वटै तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
मन्त्री छान्न कांग्रसमा किचलो, रामचन्द्र पौडेलले खोजे भाग
२५ जेठ, काठमाडौं । पार्टीको तर्फबाट मन्त्रिमण्डलमा सहभागि हुने मन्त्री छनोटका विषयलाई लिएर नेपाली कांग्रस भित्र विवाद देखिएको छ ।





