पहिराेले अवरूद्ध ६ सडक खुल्याे, चारवटामा अझै अवराेध
काठमाडौं । बाढी र पहिरोका कारण देशका विभिन्न छ स्थानमा आज पनि सडक अवरुद्ध भएको छ । प्रहरी प्रधान कार्यालका अनुसार अन्य चार ठाउँमा अवरुद्ध भएको सडक भने एकतर्फी खुलाइएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव मानिरीक्षक बिनोद घिमिरेले एकतर्फी खुलेका सडकलाई दुइतर्फी बनाउने र अवरुद्ध रहेका सडकलाई खुलाउने प्रयास जारी रहेको बताउनुभयो ।
उहाँका अनुसार अहिले सिन्धपाल्चोकको भोटेकोशीमा पहिरोका कारण अरनिको राजमार्ग तीन ठाउँमा अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिकाको कोदारी, लार्चा र कोप्लाङमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
यस्तै नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ मा बाढीले महेन्द्र राजमार्ग अवरुद्ध बनाएको छ । सो क्षेत्रमा अहिले गाडीको लामो लाइन छ । यात्रुहरु अलपत्र छन् ।
यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्सेमा पहिरो खसेर बेनी–जोमसोम सडक अवरुद्ध पारेको छ । यता डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलघाटमा बाढीका कारण भेरी करिडोर पनि पूर्ण रुपमा अवरुद्ध रहेको र खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
धनकुटाका साँगुरीगढी गाउँपालिका–५ को रवि–राके–भेटेटार सडक एकतर्फी खुलाइएको छ । यस्तै, काभ्रेको धुलिखेल नगरपालिका–११ बाँझोखेतमा बाढीले अवरुद्ध पारेको विपी राजमार्ग पनि एकतर्फी खुलाइएको छ ।
यस्तै, चितवनको इच्छाकामना गाउँपालिकाको पाँच तुइन खोला र नाम्सी पुलमा पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक पनि एकतर्फ खुलाइएको छ । गुल्मीको कालिगण्डकी गाउँपालिका ६ बर्लबामा पहिरो खस्दा अवरुद्ध भएको कालिगण्डकी करिडोर एकतर्फी खुलाइएको ।
जुम्लाको सिंजा गाउँपालिका–२ चुलेल गाउँमा पहिरो खुला गरिएकाे छ भने अवरुद्ध जुम्ला–मुगु सडक एकतर्फी खुलाइएको प्रहरीले जानकारी दिएको छ ।
‘नुनको बिक्री वितरणको जिम्मा निजी क्षेत्रलाई दिनु हुँदैन’
काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले आयोडिन नुनको आपूर्ति व्यवस्था पर्याप्त र गुणस्तरयुक्त रहेको बताउनुभएको छ । बिहीबार (आज) ‘नेपालमा आयोडिन भएको गुणस्तरयुक्त नुनको सहज, सुलभ आपूर्ति तथा वितरणकाबारे प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको छलफलमा उहाँले आयोडिन नुन अहिले साल्ट ट्रेडिङबाट प्रभावकारी रुपमै आपूर्ति भइरहेको बताउनुभएको हो ।
घिमिरेका अनुसार विगत ४० वर्षदेखि साल्ट ट्रेडिङ कर्पोरेसनले आयोडिन नुन गाउँ गाउँसम्म सहज, सुलभ रुपमा पुर्याइरहेको छ ।
आयोडिनयुक्त नुन उत्पादन तथा विक्री वितरण ऐन, २०५५ राजपत्रमा प्रकाशित भएपछि अहिले निजी क्षेत्रलाई समेत बाटो खुलाउन खोजेपछि यसबारे प्रश्न उठिरहे पनि नुनको कारोबार खुला छाडि दिँदा गुणस्तरीयतामा कमी, मूल्यमा एकरुपता नहुने, सुलभ र सहज आपूर्ति नहुने हो की ? भन्ने भय रहेको उहाँले बताउनुभयो । उहाँले नुनको जिम्मा अहिले नै ऐनलाई टेकेर निजी क्षेत्रलाई दिने कुनै तयारी नरहेको स्पष्ट पार्नुभयो ।
समितिको बैठकमा साल्ट टेड्रिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सरकारले दिएको नुन आपूर्तिको जिम्मेबारी प्रभावकारी रुपमा गरिरहेको बताउनुभयो ।
विगतमा अनियन्त्रित रुपमा भइरहेको नुनको कारोबारमा देखिएको कृत्रिम अभाव, अवाञ्छित मूल्यवृद्धि, गुणस्तरहीन नुनको विक्री वितरणलाई हटाइ गुणस्तरयुक्त नुनको आपूर्ति व्यवस्थालाई व्यवस्थित गर्न साल्ट ट्रेडिङ सफल हुँदै आएको श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार दुर्गम जिल्लमा प्रतिकेजी नौ रुपैयाँमा साल्ट ट्रेडिङले नुन बेचिरहेको छ । सरकारले ढुवानी अनुदान दिएका कारण नुनको भाउ सस्तो हुन गएको हो । यसका अलवा देशभर नुनको सहज तथा सुलभ रुपमा साल्ट ट्रेडङले बिक्री वितरण गर्दै आएको छ । नुनबाहेक रासायनिक मल, दाल, चामल, ग्यास जस्ता अत्यावश्यक वस्तुहरु आफ्ना डिपो, बिक्री केन्द्रमार्फत्र साल्ट टेड्रिङले बिक्री गर्दै आएको, निजी क्षेत्रमा हुने अस्वस्थ्य प्रतिस्पर्धालाई रोक्न साल्ट ट्रेडिङले महत्वपूर्ण हस्तक्षेपकारी भूमिका निर्वाह गरिरहेको उहाँको भनाइ छ । उहाँका अनुसार भूकम्प, कोरोनामा पनि दुर्गम जिल्ला समय नुनको आपूर्ति सहज बनाउन साल्ट ट्रेडिङ प्रभावकारी रुपमा लागेको छ । जसकारण अभाव हुन पाएको छैन । हरेक वर्ष शत प्रतिशत नुन ढुवानी गर्न आफूहरु सफल भएको उहाँको भनाइ छ ।
समितिको बैठकमा उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले नुन बिक्री वितरण प्रभावकारी रुपमा साल्ट ट्रेडिङ कर्पोरेसनले गरिरहेको बताउनुभयो । नेपाल सरकार आफैले बिक्री वितरण गर्ने काम सरकारले साल्ट ट्रेडिङलाई जिम्मेवारी दिएको र उसले प्रभावकारी रुपमा काम गरिरहेको अधिकारकर्मी महर्जनले बताउनुभयो ।
सांसद रमा कोईराला पौड्यालले नुनको बिक्री वितरणको जिम्मा निजी क्षेत्रलाई छोड्नु नहुनेमा जोड दिनुभयो । उहाँले राजपत्रमा प्रकाशित सूचनाअनुसार मन्त्री त्यसलाई कार्यान्वयन गर्न लागेको हो की ? भन्ने शंका आफूलाई लागेको बताउनुभयो ।
अमेरिकाले पुनः शुरू गर्याे विदेशी विद्यार्थी भिसा, सामाजिक सञ्जालको अनिवार्य पहुँच माग
एजेन्सी। अमेरिकी विदेश मन्त्रालयले विदेशी विद्यार्थी भिसा प्रक्रिया पुनः शुरु गरेको घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्रालले गत मेदेखि निलम्बन गरेको विद्यार्थी भिसा केहि नयाँ प्रावधानसहित शुरु गर्ने निर्णय गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
अब सबै आवेदकहरूले सरकारी समीक्षाका लागि आफ्ना सामाजिक सञ्जाल खाताहरू सार्वजनिक गर्नुपर्नेछ । विदेश मन्त्रालयका अनुसार, कन्सुलर अधिकारीहरूले आवेदकका सामाजिक सञ्जाल पोस्ट र सन्देशहरूमा अमेरिका, यसको सरकार,संस्कृति, संस्था वा संस्थापक सिद्धान्तहरूप्रति शत्रुतापूर्ण मान्न सकिने सामग्रीको खोजी गर्नेछन् ।
नयाँ नियम अनुसार, यदि कुनै आवेदकले आफ्ना सामाजिक सञ्जाल खाताहरू ‘सार्वजनिक’ गर्न र समीक्षाका लागि अनुमति दिन अस्वीकार गरेमा भिसा आवेदन अस्वीकृत हुन सक्नेछ । यसो गर्न अस्वीकार गर्नु भनेको आवश्यकताबाट बच्न वा अनलाइन गतिविधिहरू लुकाउन खोजिरहेको संकेत हुन सक्ने विदेश मन्त्रालयले स्पष्ट गरेको छ ।
गत महिना ट्रम्प प्रशासनले विदेशी विद्यार्थीहरूका लागि नयाँ भिसा अन्तर्वार्ताको तालिका अस्थायी रूपमा स्थगित गरेको हो ।
नयाँ निर्देशिकाले कन्सुलर अधिकारीहरूलाई विद्यार्थी र आदानप्रदान आगन्तुकहरूको पूर्ण छानबिन गर्न अनिवार्य गरेको छ। यसका लागि आवेदकहरूले आफ्ना सामाजिक सञ्जाल प्रोफाइलहरू सार्वजनिक सेटिङमा राख्नुपर्नेछ। यो विस्तारित जाँचले अमेरिकामा प्रवेश गर्ने सबैको उचित परीक्षण सुनिश्चित गर्नेछ । कन्सुलर अधिकारीहरूलाई पठाइएको आन्तरिक निर्देशनमा मन्त्रालयले अमेरिकाका नागरिक, संस्कृति, सरकार, संस्था वा संस्थापक सिद्धान्तहरूप्रति शत्रुताको कुनै पनि संकेतको खोजी गर्न निर्देशन दिएको छ ।
साथै, ट्रम्प प्रशासनले ३६ देशहरूलाई यात्रुहरूको छानबिन सुधार गर्न प्रतिबद्ध हुन आह्वान गरेको छ, अन्यथा उनीहरूका नागरिकहरूलाई संयुक्त राज्य अमेरिका भ्रमण गर्न प्रतिबन्ध लगाउने चेतावनी दिएको छ।
आर्थिक वृद्धिको चुनौती सामना गर्न सक्छौँ : अर्थमन्त्री
काठमाडाैं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हरित अर्थतन्त्रको प्रवद्र्धनमार्फत् नेपालले आर्थिक वृद्धिको बाटोमा रहेका चुनौतिहरुको सामना गर्न सक्ने बताउनुभएको छ ।
काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उच्च र दिगो आर्थिक वृद्धि, रोजगारी सिर्जना, गुणस्तरीय मानव पुँजी विकास, हरित अर्थतन्त्रको प्रवद्र्धन, सामाजिक समावेशीकरण एवं लगानी तथा व्यापार प्रवर्द्धन माध्यमबाट नेपालले आर्थिक वृद्धिको बाटोमा रहेका चुनौतिहरुको सामना गर्नसक्ने बताउनुभयो ।
यसका लागि सरकार, निजी क्षेत्र, सहकारी, गैरसरकारी तथा सामाजिक संघ संस्था, विकास साझेदार बीचको सहयोग र सहकार्य अझ घनिष्ठ बनाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । विपद् तथा जलवायु परिवर्तनको असरबाट नागरिक र अर्थतन्त्रको उत्थानशिलता विकास गर्नु नेपालको लागि चुनौतिपूर्ण विषय बनेको समेत बताउनुभयो ।
उहाँले अन्तर्राष्ट्रिय व्यापारलाई दिगो बनाउन नेपालको निर्यात क्षमता वृद्धि गर्न आवश्यक रहेको बताउनु भयो । यसका लागि उत्पादन तथा उत्पादकत्व वृद्धि, व्यापारको देशगत र वस्तुगत विविधिकरण, भौतिक सप्मती संरक्षण र प्रवद्र्धन, दुई पक्षीय तथा बहुपक्षीय व्यापार सम्झौता एवं प्रभावकारी कार्यान्वयनमा जोड दिनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उपप्रधानमन्त्री पौडेलले नेपालले कार्यान्वयनमा प्राथमिकता दिएको दिगो विकासको लक्ष्य हाँसिल गर्ने, हरित अर्थतन्त्र विकास गर्ने, जलवायु सम्बन्धी विश्वव्यापी कोषहरुमा पहुँच कायम गर्दै उत्थानशिलता विकास गर्नुपर्नेमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । यसका लागि आवश्यक पर्ने उच्च लागत र प्राविधिक दक्षताको लागि नेपाललाई विकास साझेदार र विश्व समुदायको सहयोग र साझेदारी पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो ।
विपद्का लागि स्काउट स्वयंसेवकहरुको भूमिका महत्वपूर्ण : खेलकुदमन्त्री
काठमाडाैं । युवा तथ खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल स्काउट ऐनलाई समयानुकुल परिमार्जन गरी आवधिक निर्वाचन गराउन जरुरी रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा नेपाल स्काउटको ७४ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समयमा नै नेपाल स्काउट ऐन ल्याउनको लागि मन्त्रालय प्रभावकारी रुपमा काम गरिरहेको जानकारी दिनुभयो ।
उहाँले नयाँ ऐनले हाल देखिएका समस्याहरुको समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो । विपद्जन्य जोखिमबाट बच्न पूर्णतयारी तथा विपद्का लागि स्काउट स्वयंसेवकहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । नेपाल स्काउटको आन्तरिक स्राेतको व्यवस्थापन गरी स्काउट क्रियाकलापलाई विकास र विस्तार गर्न नेतृत्वलाई निर्देशन दिनुभयो । नेपाल स्काउटको स्राेत र सम्पत्तिलाई एकीकृत गरी नेपाल स्काउटको स्वामित्वमा ल्याइ त्यसको उचित व्यवस्थापन र परिचालनमा समेत ध्यान दिन पनि निर्देशन दिनुभयो ।
मन्त्री चौधरीले स्काउटको व्यापक विस्तारका लागि सन् २०३२ सम्ममा सात लाख संस्था पुर्याउनका लागि कार्ययोजनासहित अघि बढ्न नेपाल स्काउटको नेतृत्वलाई निर्देशन दिनुभयो । समाजका सबै तह र तप्कामा स्काउटको बलियो नेतृत्व र उपस्थिति आवश्यक रहेको बताउनुभयो । मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई विशेष ध्यान दिएर स्काउटले काम गर्नुपर्ने बताउनुभयो ।
नेपाल स्काउटलाई सबै प्रदेश र स्थानीय तहसम्म पुर्याउन, समुदायस्तरमा सक्रिय बनाउन र समाजमा रहेका हरेक विकृति र विसंगतिको अन्त्य गर्नु आजको आवश्यकता भएको बतउनुभयो ।
लागुपदार्थ दुर्व्यसनी न्यूनीकरण गर्न स्काउटको भूमिका महत्वपूर्ण : उपराष्ट्रपति यादव
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल स्काउटले लागुपदार्थ दुव्र्यसनीको चपेटामा परेका युवाहरुलाई दुव्र्यसनीबाट मुक्त गराउन स्काउटका युवा युवतीहरुलाई परिचालन गर्नु राम्रो पक्ष भएको बताउनुभएको छ । बिहीबार काठमाडौंमा नेपाल स्काउटको ७४ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले मुलुकमा आइपर्ने विपद् व्यवस्थापन तथा उद्धार कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु संस्थाले अङ्गिकार गरेको महान उद्देश्य र लक्ष्य अनुरुपकै कदम भएको जिकिर गर्नुभयो । सबै क्षेत्र भूगोल, वर्ग र समाजको प्रतिनिधित्व गर्दै अघि बढ्न नेपाल स्काउट आफूलाई थप परिमार्जित, परिस्कृत, उन्नत, व्यवस्थित र समावेसिताको सिद्धान्तलाई आत्मसाथ गर्न जरुरी रहेको बताउनुभयो ।
उपराष्ट्रपति यादवले देशमा दक्ष विपद् व्यवस्थापन टोली गठन गरी विपद् उद्धारमा परिचालन गर्नुले यस सिद्धान्तको केही हदसम्म कार्यान्वयन भएको पुष्टि भएको बताउनुभयो । पछिल्लो समय मुलुकमा बढ्दो लागुपदार्थ दुव्र्यसनि विरुद्धको अभियानमा पनि स्काउट सक्रिय हुनु अर्को सकारात्मक पक्ष भएको बताउनुभयो । महिला हिंसा विरुद्धको अभियान, किशोरी स्वास्थ्य सचेतना, महिला उद्यमशिलता, महिला नेतृत्व विकाससँग सम्बन्धित कार्यहरुलाई पनि आफ्नो प्राथमिकतामा राखि अघि बढ्नुले नेपाल स्काउटको गरिमा र सम्मानलाई उच्च बनाएको बताउनुभयो ।
उपराष्ट्रपति यादवले युवा युवतीलाई सामाजिक सेवा, विपद् व्यवस्थापन तथा उद्धार कार्यमा थप सक्रिय बनाउनु स्काउटको महत्वपूर्ण लक्ष्य हुनुपर्ने बताउनुभयो । युवा स्वयंसेवक परिचालन अन्तर्गत २०८१—०८२ मा ५० हजार भन्दा बढी युवा स्काउट स्वयंसेवकका रुपमा परिचालित भएको खुशीको कुरा भएको बताउनुभयो । नेपाल स्काउटले प्राकृतिक विपद् व्यवस्थापन, लागुपदार्थ दुव्र्यसन निवारण, महिला हिंसा विरुद्धको अभियान, किशोरी स्वास्थ्य सचेतना र महिला उद्यमशिलता प्रवद्र्धन जस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
‘टेक एण्ड पे’ सच्चिएन भने उर्जा क्षेत्र तहसनहस हुन्छ : अध्यक्ष कार्की
काठमाडाैं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा उर्जा सम्बन्धमा लिएका कतिपय नीतिले निजी क्षेत्र तरङ्गित छ । खासगरी बजेटमा राखिएको टेक एण्ड पेको नीतिले उर्जा उत्पादकहरु सरकारसँग असन्तुष्ट छन् । यो नीतिका कारण समग्र उर्जा क्षेत्र नै ध्वस्त हुन लागेको र लाखौँ जनताको लगानी डुब्ने अवस्थामा पुगेको बताउँदै आएका छन् । यसैबारे बजेटमा आएको टेक एण्ड पेसहितका नीति र यसले पार्ने दूरगामी असरका बारेमा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीसँग गरेको विशेष कुराकानीको सम्पादित अंश ।
बजेटमा ‘टेक एण्ड पे’ पछि तरङ्गित हुनुपर्ने कारण के ?
‘टेक एण्ड पे’ बजेटमा आयो, यो बजेटसँग चासो भएको विषय पनि होइन । २०५० सालको ऐनअनुसार नेपालमा नीजि क्षेत्र आए । त्यसपछि विकास हुँदै गयो । विद्युत प्राधिकरणले अबको ५ वर्षमा आफूले किन्ने बिजुली कबुल गर्थ्याे। त्यहीअनुसार टेक एण्ड पेमा पीपीए हुँदै जान्थ्यो । पीपीए गरिसकेपछि बैंकहरुलाई लगानी गर्नलाई सहज हुन्थ्यो । किनभने बजार सुनिश्चित छ भन्ने लाग्थ्यो, जब लामोसमय पीपीए रोकिएको अवस्था छ । नेपाल सरकारले २८ हजार ५ सय उत्पादन गरी उर्जा विकास मार्गचित्र तयार गरेको छ । त्यसमा प्रष्टसँग नेपाल भित्र खपत अबको १० वर्षमा १३ हजार ५ सय गर्ने र बढी भएका १५ हजार मेगावाटका बिजुली छिमेकी देशलाई बेच्ने लेखिएको छ । उर्जा क्षेत्र मात्र होइन नेपालका सम्पूर्ण उद्योगधन्दा कलकारखाना, निजी लगानीकर्ता र नेपाली जनता पनि अब लगानी गर्ने क्षेत्र यही हो भनेर उत्साहित थियो । उर्जा मन्त्रालयले पनि यही कुरालाई भनिररहेको थियो । अहिले टेक एण्ड पेमा पीपीए गरिनेछ भनेर बजेटमा आयो ।
त्यस्तै, खपत र उत्पादनलाई सन्तुलन हुने गरी पीपीए गरिनेछ भनेर बजेटमा राखिएको छ । यी दुई वटा विषयले एकदमै अप्ठ्यारो पारेको छ । खपत र उत्पादनलाई सन्तुलन भन्ने बित्तिकै वास्तवमा खपत भनेको कति मेगावाट हो नेपालमा ? सरकारले भनिदिनुपर्यो । अहिले सरकारले भनिरहेको छ, १३ हजार ५ सय मेगावट सन् २०३५ सालमा हो भने विद्युत उत्पादन गर्नुपर्यो नि ! आजको भोलि विद्युत उत्पादन हुँदैन । आज पीपीए गरियो भने कम्तिमा ५ वर्षमा बन्न सक्छ । खपत कति हो सरकारले स्पष्ट पार्नुपर्छ ।
अर्को, विषय बिजुली निर्यात पनि हामीले गर्दैछौँ । निर्यातबारे बजेटले सम्बोधन गरेको छैन । जस्तो भारतसँग १० वर्षमा १० हजार बिजुली बेच्ने भनेर प्रधानमन्त्रीस्तरीय सम्झौता गरेका थियौँ । त्यसलाई पनि कहीँ न कहीँ सम्बोधन गर्नुपर्ला । यी कुराहरुलाई बजेटमा कहीँ पनि सम्बोधन भएन । खपत र उत्पादन भन्ने बित्तिकै नेपालमा कति खपत हुन्छ भन्ने विषयलाई मात्रै बजेटमा आएको छ । नेपाल भित्रको खपतलाई हेर्ने हो भने सबैभन्दा बढी एकदिन २ हजार २ सय मेगावाट खपत भयो भनेर विद्युत प्राधिकरणले भनेको छ । २ हजार २ सय एकछिनका लागि हो भने हामीसँग बिजुली बढी भइसक्यो अब । हामीलाई बिजुली चाहिँदैन।
रन अफ द रिभर टेक एण्ड पेमा गरिनेछ भनेपछि १७ हजार १ सय १७ मेगावाटका लाइसेन्स लिइसकेका रहेछन् । झन्डै ६६ अर्ब डुब्ने स्थितिमा पुग्यो । अब सरकारले के गर्छ ? सरकारले किन्छ की किन्दैन ? अर्थमन्त्री विष्णु पौडेलले हालै संसदमा सम्बोधन गर्दै निजी क्षेत्रलाई विद्युत विकासमा ल्याउने बताउनुभएको छ । २०६५ सालदेखि विद्युत सम्बन्धी विधेयकका कुरा आएको हो । अहिलेसम्म पास भएको छैन । धेरै लगानी भएको क्षेत्रलाई रोक्दै गर्दा अर्को क्षेत्रलाई लगानी खोलेर जानुपर्थ्याे तर कहीँ पनि बजेटले कुरा गरेको छैन । यो भन्दा अघिल्लो वर्षको बजेटमा निजी क्षेत्रलाई विद्युत व्यापारमा समावेश गर्ने भनेर लेखेको छ । त्यसैलाई आधार मानेर खोलेको भए अहिले हाम्रो बिजुली किन किन्देनन् भन्ने अवस्था हँदैन थियो । हामी त छुट्टै कम्पनी खुल्थ्यो होला नेपालमा । अहिले विद्युत प्राधिकरणलाई जति बिजुली दिइरहेको छ, उनीहरुले पनि बिस्तारै त्यो भन्दा बढी रेट पाउन लागे भने म पनि दिन्नँ भन्ने गर्दथे । ठूलो लगानी भएको क्षेत्र नै धराशायी हुने स्थिति बनेको छ । धेरै लगानीकर्ताहरु डुबेका छन् । सबै ढोकाहरु राज्यले बन्द गरिदिएको छ । भोलि ढोका खोलिनेछ भनेर अघि बढ्न उर्जा क्षेत्रलाई जबरजस्ती गरिरहेको छ ।
उर्जा मन्त्रालय यसबारे आफै अनभिज्ञ देखियो, बजेटमा तपाईँहरुले पनि सुझाव नदिएको विषय कसरी आयो ?
यो एकदमै अचम्मको कुरा छ, इपानले उर्जा मार्गचित्र अनुसार २०३५ सम्ममा उत्पादन गर्ने जुन लक्ष्य लिएको छ । त्यसलाई बजेटमा राख्न भनेका थियौँ। नीति तथा कार्यक्रममा समेटियो पनि । त्यो मार्गचित्र लागू गर्ने हो भने फरक किसिमको कुराहरु आउनुपर्थ्याे । यो फरक खाले टेक एण्ड पे आइसकेपछि हामीले उर्जामन्त्रीलाई सोध्यौँ । बजेट बन्दै गर्दा सम्बन्धित मन्त्रालय, विभागले सिफारिस गर्नुपर्छ । त्यो भन्दा फरक ल्याउनुपरे सम्बन्धित मन्त्रालयसँग सोधेर ल्याउनुपर्छ । मन्त्रीसहित सचिवले अहिलेसम्मको इतिहासमा आफूहरुलाई थाह नदिइ यो कार्यक्रम राखिएको बताउनुभयो । टेक एण्ड पे राखेपछि एक किसिमको सन्नाटा छाएको छ । उर्जा मन्त्रीले नै यो कुरा आउनु गलत हो भनेर धेरै ठाउँमा भनेको अवस्था छ । उर्जा मन्त्रालय र सो मातहतका निकायहरुले अहिले एउटा राय लेखेर यो व्यवस्थालाई पुनरावलोकन गर्न अनुरोध समेत गरिसकेको अवस्था छ । टेक एण्ड पे ले भोलिको दिनमा अप्ठ्यारो पर्ने भएकाले कम्तिमा उर्जा खपत र निर्यातलाई मध्यनजर गर्दै त्यसलाई सन्तुलन हुनेगरी टेक अर पेमा पीपीए गर्नुपर्छ भनेर सुझाव पनि दिएको छ । बजेटमा आएको व्यवस्था सच्चिन्छ भन्ने हामीलाई लाग्ने पनि गरेको छ । यो सच्चिनुपर्छ ।
यो सच्चिएन भने के हुन्छ ?
बजेटमा गरिएको टेक एण्ड पे साच्चै नै सच्चिएन भने उर्जा क्षेत्र तहसनहस हुन्छ । किनभने यो एउटा दुईवटा प्रोजेक्ट पीपीए हुने नहुने भन्ने कुरासँग सम्बन्धित छैन । यहाँ लाखौंँ जनताको लगानीको कुरा छ । लाखौँ जनताले पैसा लगानी गरेका छन् । त्यसकारण यो पैसा पीपीए नहुने बित्तिकै डुब्ने स्थिति बन्छ । अब नेपाल सरकारले धान्न सक्दैन, बिजुली किन्न सक्दैन भने सँगसँगै नेपालका निजी क्षेत्रलाई ढोका पनि खोलिदिँदै जानुपर्छ । अब हामी बिजुली किन्न सक्दैनौँ । तपाईहरु आउनुहोस् लगानी गर्नुहोस् र लगानी गर्दैगर्दा तपाईहरु आफै बेच्नुस् र जोखिममै काम गर्न सरकारले भन्न सक्नुपर्यो । नेपाली जनतालाई राज्यले भनिदिनुपनि पर्छ । आज एकैचोटी ढोका बन्द गरिदिने र थ्रुपै प्रश्न उठेपछि अर्थमन्त्रीले त्यसरी जवाफ दिन अलिकति त्यो सुहाउने कुरा होइन ।
निजी क्षेत्रले बिजुली बेच्न सक्छ त ?
हामीले ५/७ वर्ष अगाडीदेखि ६ ओटा कम्पनीलाई हामीले विद्युत् व्यापार गर्छौं हामीलाई स्वीकृति दिनुहोस् । विद्युत प्राधिकरणसँग पीपीए गर्नु पर्दैन भनेर सिधै कम्पनीमार्फत भारतमा बेच्छौँ र नेपालका उद्योगमा पनि आफै बिजुली बेच्छौँ भनेर स्वीकृत मागेको अवस्था हो । ६/७ वर्ष भइसक्यो । त्यता सरकारले नदिने रोक्ने, यतपट्टी पनि रोक्ने अघि बढ्न नदिने भनेको त सरकारको सोच, दृष्टिकोणमाथि नै प्रश्न उठायो । निजी क्षेत्रमाथि सरकारले जसरी नि दमन गर्ने, अघि बढ्न नदिने खालको सोच देखियो ।
अब के गर्नुहुन्छ ?
बिरालोलाई कोठा थुनेर कुट्यो भने उसले अफसन खोज्छ नि ! झ्याल फोरेर नि भाग्न खोज्छ । हामी सबै जनतालाई लिएर गएर बाटोमा टायर बाल्न पनि सक्दैनौं । हामी त्यो पनि गर्दैनौँ र गर्न पनि हुन्न । तर यति धेरै लगानी भइसकेको क्षेत्र जहाँ पुराना कम्पनीले वषौँदेखि लगानी गरेका छन् । यत्रो जनताले लगानी गरिरहेका छन् । अब हामी डुब्ने नै भयौँ भने त सरकार समक्ष जानुपर्यो । प्रोजेक्टहरु फिर्ता लिनुस्, हाम्रा आयोजनाहरु तपाईहरुले फिर्ता लिनुस्, हाम्रा ऋण पनि तिरिदिनुहोस् भनेर जानुभन्दा हामीसँग अरु विकल्प छैन । हामी पहिला पनि त्यो बाटोमा गएकै हो । तर सरकारसँग छलफल भएपछि केही हदमा धेरै हदसम्म मिलेको थियो । टेक एण्ड पेले गर्दा उर्जा क्षेत्र विकासको बाटा पूरै बन्द भइसकेकाले सरकारलाई सबै बुझाइदिने बाहेक अरु विकल्प छैन ।
प्रमुख तीन दलका शीर्ष नेताहरूकाे बैठक अपरान्ह २ बजे बस्दै
काठमाडौं । समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दैछ ।
प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो २ः०० बजे बस्ने बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरु सहभागी हुने जनाइएको छ ।
प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयका सदस्य दीपेन्द्र दाहालले दिएको जानकारी अनुसार बुधबारका लागि तय भएको बैठक माओवादी केन्द्रका अध्यक्ष दाहाल काठमाडौं बाहिर रहनुभएकाले आजका लागि सारिएको हो ।
परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी
काठमाडाैं । परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीचको द्वन्द्वका कारण विकसित घटनाक्रमपछि नेपालीलाई ती देशमा यात्रासम्बन्धी जानकारी ट्राभल एडभाइजरी जारी गरेको छ । मन्त्रालयले विज्ञप्ति निकालेर नेपालबाट इजरायल, इरान वा मध्यपूर्वका अरु देश भ्रमण वा वैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकका लागि ‘ट्राभल एडभाइजरी’ जारी गरेको हो ।
इजरायल र इरानको भ्रमण वा वैदेशिक रोजगारी वा अरु प्रयोजनका लागि जाने तयारी गरिरहेका नेपाली नागरिकलाई हालको जटिल परिस्थिति कायम रहेसम्म त्यस्ता भ्रमण तथा यात्रा नगर्नु हुन मन्त्रालयले अनुरोध गरेको छ ।
त्यस्तै, इजरायल र इरानबाहेक मध्यपूर्वका अरु मुलुकको भ्रमण वा वैदेशिक रोजगारी र अरु प्रयोजनका लागि जाने तयारी गरिरहेकालाई पनि यात्रा स्थगित गर्न परराष्ट्रले भनेको छ । मन्त्रालयले त्यहाँ रहेका नेपालीहरु सुरक्षित रहेको र रक्षा गर्न आवश्यकताअनुसार उपयुक्त कदम चालिने जनाएको छ ।
स्वेच्छाले नेपाल फर्कन चाहने नेपालीका लागि तेस्रो देश हुँदै नेपाल फर्कन ट्रान्जिट भिसा’ लिनुपर्ने भए त्यसका लागि सहजीकरण गर्न आवश्यक पहल गरिने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । इजरायल र इरानमा रहेका नेपालीलाई आफ्नो सुरक्षा प्राथमिकतामा राखी तोकेको समय र ठाउँमा बाहेक घर वा बंकर/सेल्टरबाट बाहिर ननिस्कन मन्त्रालयले अनुरोध गरेको छ ।
नेपालमा ‘एमसिसी’ निरन्तर रहने
काठमाडौं । संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालमा निरन्तर रहने भएको छ।
गत फेब्रुअरीमा अमेरिकी विदेशमन्त्रीले वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला लागू गरिएको ९० दिने रोकमा एमसिसी नेपाल कम्प्याक्टका लागि विशेष अपवाद प्रदान गर्दै एमसिसीको निरन्तर कार्यान्वयनलाई स्वीकृति दिएका थिए।
यस अपवादले एमसिसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई समीक्षा अवधिमा पनि निरन्तर अगाडि बढाउन स्वीकृत प्रदान गरेको अमेरिकी दूतावासले जनाएको छ। एमसिसी र नेपालस्थित अमेरिकी दूतावास सरोकारवालासँग सहकार्य तथा संवाद गर्दै यस समीक्षाको सकारात्मक परिणामका लागि प्रयत्नरत रहेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
एमसिसीले नेपाल सरकारको अर्थ मन्त्रालय र एमसिए–नेपालसँग निकट सहकार्य गर्दै कम्प्याक्ट अन्तर्गत गरिएका वा शुरू गर्न लागिएका गतिविधि (सम्भावित नयाँ प्रतिबद्धतासहित) अमेरिका र नेपाल सरकारका प्राथमिकतासँग मेल खाने, पारदर्शिता, सुशासन, प्रभावकारी कार्यान्वयन र जोखिम व्यवस्थापन सुनिश्चित गर्ने गरी अगाडि बढाइरहेको जनाएको छ।
अमेरिका नेपालसँगको द्विपक्षीय सम्बन्ध र नेपाली जनताको समृद्धि तथा दीर्घकालीन आर्थिक वृद्धि प्रवर्द्धन गर्ने प्रयासप्रति प्रतिबद्ध रहेको दूतावासले जनाएको छ ।
द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस : छिटाे न्याय दिन सरकारलाई दबाब
काठमाडौं । आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । यौन हिंसा पीडितका लागि न्याय र पीडकका लागि जवाफदेहिताको माग गर्दै हरेक वर्ष जुन १९ तारिखमा यो दिवस मनाइन्छ । द्वन्द्वको समयमा हुने यौन हिंसालाई अन्त्य गर्न, पीडितको न्याय सुनिश्चित गर्न र यस्ता अपराध गर्नेलाई दण्डित गर्ने उद्देश्यसहित यो दिवस मनाइन्छ ।
यस दिवसले राज्य, समाज र अन्तर्राष्ट्रिय समुदायलाई द्वन्द्वकालीन यौन हिंसाविरुद्ध ऐक्यबद्धता जनाउन जिम्मेबारीलाई स्मरण गराउँदै आएको छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१५ जुन १९ देखि यस दिवसलाई मनाउने घोेषणा गरेको हो । संयुक्त राष्ट्र सङ्घका अनुसार द्वन्द्व–सम्बन्धित यौन हिंसाको अन्त्य गर्ने आवश्यकताका बारेमा जागरुकता जगाउन तथा विश्वभर यौन हिंसाका पीडित र बाँचेकाहरूलाई सम्मान गर्न यस दिवसले सहयोग पुर्याउँछ ।
द्वन्द्व–सम्बन्धित यौन हिंसाले युद्ध वा द्वन्द्वसँग प्रत्यक्ष वा अप्रत्यक्ष जोडिने महिला वा पुरुषमाथि गरिएको बलात्कार, यौन दासत्व, जबर्जस्ती गर्भधारण, गर्भपतन, विवाह र यस्तै गम्भीर प्रकृतिका कुनै पनि यौन हिंसालाई बुझाउँदछ । यसले यौनशोषण वा हिंसाको उद्देश्यले द्वन्द्वको समयमा गरिने मानव बेचबिखनलाई पनि समेट्छ ।
द्वन्द्वसम्बन्धी यौन हिंसाले पीडितलाई शारीरिक र मनोवैज्ञानिक रुपमा आघात निम्त्याउने तथा यसको असर परिवार र समुदायलाई समेत पुस्तौँसम्म परिरहने हुन्छ । नेपालमा २०६३ सालमा शान्ति सम्झौतामा हस्ताक्षर गरिएको यतिका वर्ष बितिसक्दा पनि द्वन्द्वसँग सम्बन्धित यौन हिंसाका पीडितको न्यायिक माग अझै पनि सम्बोधन हुन नसकेको राष्ट्रिय मानवअधिकार आयोगले जनाउँदै आएको छ ।
सत्यनिरुपण तथा मेलमिलाप आयोगका अनुसार सशस्त्र द्वन्द्वकालमा घटित मानव अधिकारका गम्भीर उल्लङ्घन तथा मानवताविरुद्ध घटनाहरुसँग सम्बन्धित विभिन्न प्रकृतिका गरी जम्मा ६३ हजार ७१८ थान उजुरी आयोेगमा दर्ता भएका छन् । त्यसमा बलात्कार तथा यौनजन्य हिंसा विषयमा ३१४ उजुरी परेका छन् ।
द्वन्द्वसम्बन्धित यौन हिंसाका धेरै घटना डर, लाज र अपर्याप्त सेवाका कारणले दर्ता नभएका अधिकारकर्मीहरुले बताउँदै आएका छन् । यस दिवसले सबै पीडितका लागि न्यायको समर्थन गर्दै दण्डहीनताको अन्त्यका लागि जोड दिँदै आएको छ । अधिकारकर्मीहरुले पीडितहरुले प्राप्त गर्नुपर्ने आत्मसम्मानसहितको सत्य, न्याय र परिपूरणमा ढिलाइ नगर्न सरकारलाई दबाब दिँदै आएका छन ।
बिहीबारका लागि विदेशी मुद्राकाे विनिमय दर
सङ्घीय संसद्का दुबै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुँदैछ ।
बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत विभिन्न सात मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रुपमा छलफल हुने सम्भावित कार्यसूची छ ।
वन तथा वातावरण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्राल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रुपमा छलफल गर्ने कार्यसूची छ ।
विनियोजन विधेयक, २०८२ अन्तर्गत उल्लिखित मन्त्रालयका विभिन्न शीर्षकमाथि प्राप्त खर्च कटौतीका प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची रहेको जानकारी दिनुभयो ।
प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले ‘भिजिट भिसा’ प्रकरणमा छानबिन आयोग र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै अवरोध कायम गर्दै आएका छन् । माग सम्बोधन नभएसम्म सदनमा अवरोध कायम गर्ने रास्वपाका नेताहरुले बताउँदै आउनुभएको छ ।
राष्ट्रियसभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२÷८३ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची छ ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ पेस गर्नुहुनेछ । राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भन्सार विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
बैठकले संविधानसभा सदस्य वीरेन्द्र जुहारचन र प्रतिनिधिसभाका पूर्वसदस्य ढुण्डिराज शास्त्रीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछ ।
अभियान पथमा सीमा पर्खाल निर्माण शुरू, बुटवलको मुख्य व्यापारिक मार्ग बनाइने
-सत्यनारायण मानन्धर
बुटवल उपमहानगरपालिका-१०, चौराहदेखि योगिकुटीसम्म दोस्रो हाइ वेको रुपमा परिचित अभियान पथको सीमा पर्खाल बन्ने भएको छ । मध्यपश्चिम पृतना हेड क्वाटर र लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रको सीमा पर्खाल बनाउन शिलान्यास गरिएकाे छ । यसको निर्माणले आगामी दिनमा यो सडक बुटवलको मुख्य व्यापारिक मार्ग बन्ने विश्वास गरिएको छ ।
पछिल्लो समय निर्माण क्षेत्रमा गति लिएको बुटवल उपमहानगरपालिकामा चौराहदेखि योगिकुटीसम्म दोस्रो हाइ वे भनिने अभियान पथको सीमा पर्खाल बन्ने भएको छ । निर्माण कार्यको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले शिलन्यास गरेका हुन् । उनले निर्वाचित भएर आएदेखिको प्रयास सडक विस्तारको ऐतिहासिक काम सुरुवातले आगामी दिनमा यो सडक बुटवलको मुख्य व्यापारिक मार्ग बन्ने विश्वास व्यक्त गरे ।
बुटवल उपमहानगरपालिका-१० का अध्यक्ष बलबहादुर पुनले जनताको मनोभावना अनुसार काम शुरू भएको भन्दै उहाँले संघीय सरकारका अर्थमन्त्री बिष्णुप्रसाद पौडेलको विषेश सहयोगमा कार्यमक्रम सञ्चालन गरिएको जानकारी दिए । बुटवल उपमहानगरपालिकाले गर्ने १ करोड ६० लाखको लगानीमा सडक ५१ फुटे कायम गर्ने र सीमा पर्खाल लगाइने छ । बाँकी कामका लागि संघीय सरकारबाट २ करोड ६० लाख बजेट छुट्याएको भन्दै वडाध्यक्ष पुनले समयमा नै काम पुरा हुने दाबी गरे ।
उपमहानगरकी उपप्रमुख सावित्रा देवी अर्यालले बुटवलको समृद्धिमा यो ठुलो फड्को हुने बताइन् । लामो समय देखिको प्रयासले विकास सम्भव भएको भन्दै उनले सीमा पर्खाल र सकड़ समयमा पूरा गर्न निर्माण व्यवासायहीलाई अनुरोध गरिन् ।
लुम्बिनी प्रदेश प्रहरी तालीम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष सिंह राठोर विकास निमार्णका योजनाले खुशी भएको बताउँदै समयमै काम सकेर उद्घाटन हने भन्ने विचार व्यक्त गरे ।
कार्यक्रममा मध्यपश्चिम पृतना हेडक्वाटर २२ नम्बर बाहिनी अड्डाका महासेनानी मचिन्द्र थापा, इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्याल, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेलगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिलगायत समाजिक व्यक्तित्वहरूकाे उपस्थित थियाे ।
‘टेक एण्ड पे’काे नीतिले तताएकाे कन्सिरीकाे राैँ
आवश्यक परे किनौला, उपभोग गरेमा तिरौला र चाहियो भने मात्र पैसा तिरेर लिन्छौ भने जस्तै टेक एण्ड पे भन्ने अंग्रेजी शब्दका कारण अहिले सरकारविरुद्ध निजी विद्युत उत्पादक कम्पनीका मालिकहरुको कन्सिरीको रौँ तातेको छ ।
आवश्यक परे किनौँला, उपभोग गरेमा तिरौँला र चाहियो भने मात्र पैसा तिरेर लिन्छौ भने जस्तै टेक एण्ड पे भन्ने अंग्रेजी शब्दका कारण अहिले सरकारविरुद्ध निजी विद्युत उत्पादक कम्पनीका मालिकहरुको कन्सिरीको रौँ तातेको छ । टेक एण्ड पे भन्ने अंग्रेजी शब्दका कारण अहिले सरकारविरुद्ध निजी विद्युत उत्पादक कम्पनीका मालिकहरुको कन्सिरीको रौँ तातेको हो ।
सरकार आफैले मात्र नसक्ने हुँदा, निजी क्षेत्रको लागानीबाट उत्पादित विद्युत सरकारले किन्ने ग्यारेन्टी गरेकाले मात्र विद्युत उत्पादनका लागि निजी क्षेत्र आकर्षित भएको हो । निजी क्षेत्रबाट विद्युत उत्पादन गरेर देश विकासमा टेवा पुर्याउने आशयले आफ्नो सम्पत्ति र बैंक ऋणसमेत लिएर लगानी गरेका निजी विद्युत उत्पादक कम्पनीहरुलाई सरकारले आगामी वर्षको बजेटमा आवश्यक भए किनौँला,उपभोग गरेमा तिरौँला जस्तै अंग्रेजी शब्द टेक एण्ड पे प्रयोग गरेपछि नखाउ भने दिनभरिको शिकार खाउ भने कान्छाबाबुको अनुहार जस्तै भएको हो ।
धेरैले यो शब्द बजेट भाषणमा झुक्किएर परेको भन्दै आएका थिए । जलस्रोत तथा उर्जामन्त्री दिपक खड्काले पनि सरकारको टेक एण्ड पे को नीति होइन भनेर विद्युत उत्पादक कम्पनीका मालिकलाई भन्दैआएका थिए । तर यसैबीचमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेले नै निजी क्षेत्रले उत्पादन गरेको विद्युत टेक एण्ड पे अर्थात् आवश्यक परे मात्र तिरेर लिने सरकारको नीति बजेटमा आएको सही रहेको एक कार्यक्रममा बताए । अर्थ मन्त्रीकै मुखबाट टेक एण्ड पे सरकारको नीति सुनेपछि निजी विद्युत कम्पनीका मालिकहरुको अहिले भोक र निन्द्रा हराएको छ।
सरकारले टेक एण्ड पे को नीति के आधारमा लिएको हो ? सरकार आफैले देशको सवै विद्युत उत्पादन गर्ने हो भने यो नीति ठीक होला । वा निजी क्षेत्रले उत्पादन गरेको विद्युत नेपाल सरकारलाई मात्र होइन, सोझै स्वतन्त्ररुपमा विदेशमासमेत बिक्री गर्न पाउने हो भने छलफलको विषय बन्ला । तर सरकारले निजी क्षेत्रलाई स्वतन्त्ररुपमा देश बाहिर बिद्युत बिक्री गर्न अनुमति दिने अवस्था छैन ।
सरकार विद्युत उत्पादन गर्न चाहन्छ भने बजेटमा आएको टेक एण्ड पेको नीतिलाई संसदमा हुने जलस्रोत तथा उर्जाको बजेट छलफलमा संशोधन गरे पुग्छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा २२७ मा विद्युत उत्पादन र खपतबीच सन्तुलन कायम हुने गरी टेक एण्ड पे को आधारमा विद्युत खरिद सम्झौता गर्ने नीति उल्लेख छ । चाहिएको बेला मात्रै विद्युत खरिद गर्ने सरकारको नीति २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने राष्ट्रिय लक्ष्यमा तगारो बन्ने निश्चित छ । उत्पादन बढी हुँदा प्रयोग नभएको बिजुलीको पैसा सरकारले नतिर्ने यो नीतिको उद्देश्य हो । बजेटमार्फत् लिएको यो ऊर्जा नीतिले निजी क्षेत्र निराश भएको छ ।
विद्युत् प्राधिकरणका अनुसार नेपालमा अहिले पिक आवरमा २१ सय ६५ मेगावाट विद्युत् माग हुन्छ र कुल ३६ सय मेगावाटको जलविद्युत् आयोजना जडित भइसकेको छ । मन्त्रिपरिषद्ले विद्युत् विकास मार्गचित्र स्वीकृत गरी सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । टेक एण्ड पे को नीतिले यो लक्ष्य कसरी पुरा हुन्छ ?




