एजेन्सी, १२ असार । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी सन् २०३६ सम्म सत्तामा रहन पाउने वा नपाउने सम्बन्धमा जनमत संग्रह सुरुभएको छ । पुटिनलाई लामो समयसम्म शक्तिमा राख्नेगरी बनाइएको नयाँ संवैधानिक व्यवस्था अनुमोदनका लागि एक साता लामो जनमत संग्रह सुरुभएको हो ।
झण्डै एक हप्ता लामो मतदानपछि राष्ट्रपति पुटिन आगामी सन् २०३६ सम्म सत्तामै रहन पाउने वा नपाउने भन्ने टुंगो लाग्ने छ । संविधान संशोधन सम्वन्धी प्रस्ताव राष्ट्रपति पुटिनले गत जनवरीमा ल्याउनु भएको थियो । गत अप्रिल २२ मा मतदान गर्ने तय भएपनि कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि गत जुन १ का लागि तय गरिएको थियो। तर त्यतिबेला पनि हुन नसकेपछि सरेर अहिले मतदान सुरुभएको हो ।
मदानका लागि एक हप्तासम्म मतदान केन्द्रहरु खुल्ला गरिएको छ। । त्यसैगरी मतदान गर्ने बेलामा भिडभाड नहुने व्यवस्था गरिएको छ । जनताबाट अनुमोदन भएमा राष्ट्रपति पुटिन थप दुई कार्यकाल शक्तिमै रहने संवैधानिक व्यवस्था हुनेछ ।